Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छिमेकीलाई घाइने बनाउने ढकाल समातिए

नवलपरासी । छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सुनवल नगरपालिका(११ केरवानी बस्ने ४२ वर्षीय हरिशचन्द्र ढकाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसीइबीको कारण सोही ठाउँ बस्ने ३३ वर्षीय मन प्रसाद गाहालाई ढकाल सहित ४ जनाले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुनवल र अस्थाई प्रहरी विट भुमहीबाट खटिएको प्रहरीले ढकाललाई पक्राउ गरेको हो । धारिलो हतियार प्रहारबाट घाइते भएका गाहालाई स्थानीय रामनगर सामुदायिक अस्पताल भुमही हुँदै थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलतर्फ पठाइएको छ । घटनामा संलग्न अन्य फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार