Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
म नभई देश चल्दैन । म सरकारबाट हटेको थिएँ, देश ठप्प भयो । म चुनाव जित्छु त्यसपछि देश दौडिन्छ । यो सरकारले चुनाव गराउँदैन । चुनाव गर्न यो सरकार बनेकै होइन । यो हाहा हुहु को सरकार हो । आलु सरकारले चुनाव गराउँदैन । नेकपा एमालेका अघोरी, अहंकारी र जेनजीका हत्याराकै रुपमा परिचित केपी ओली र काँग्रेसका शेरबहादुर देउवाका कारण मुलुक निर्वाचनमा होमिएको हो । झापा ५ र रुपन्देही २, भक्तपुर २, दाङ २ प्रति एमालेको अवस्था के होला भन्ने धेरैको चासो थियो । तर उपत्यकाका १५ क्षेत्रमै रास्वपाले क्लिन स्वीप गरेको छ । एमाले, काँग्रेस, नेकपा अस्तित्व रक्षामा उभिए भने प्रलोपा, नेकपा चन्द, जनमत, नाउपा जसपा जस्ता टालटुले र चटके पार्टीका नेता राजनीतमा ठाडो शिर लगाउन नसक्ने भए । मुलुकको अर्थतन्त्र ध्वस्त पार्दै देशलाई ग्रे लिष्टमा धकेल्न सफल केपी ओलीको कार्यकाल ब्रम्हलुटको श्रृङ्खला थियो । जनताले सरकारबाट पाउनु पर्ने कुनै पनि सेवा ओलि कालमा पाएनन् । शिक्षा र स्वास्थ्यमा पूर्ण व्यापारीकरण गरेर माफियाकै हितमा निर्णय गरेको ओलीको दुई तिहाइएको सरकारलाई जेनजी पुस्ताले सडकमा ज्यान अर्पेर खेदेको हो । आफैं शासक बन्दा १९ जना विद्यार्थीको लास खलियो लगाउने केपी ओलीको अबको यात्रा जेल हो कि निर्वासन ? जनता प्रश्न गर्न थालेका छन् । सहकारी मामिलामा रवि लामिछाने फसेकै हुन् । उनले नागरिकता, पासपोर्ट सम्बन्धी अपराध गरेकै हुन् । तर अदालती सजायँ भोगेर सुधारे पनि रविमाथि नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोतल्दा ओली र डा. आरजुले प्रतिशोध लिएको परिणाम ओलीले भोगे, आरजु भागेकी छन् ।
स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता नैसर्गिक अधिकारमाथि अंकुश लगाएर लोकतान्त्रिक मूल्य, मान्यतामाथि जसरी प्रहार भो त्यसको प्रतिफल नेकपा एमालेका नाइके र भाइ नाइकेहरूले व्यहोरेका छन् । गुण्डुको दरबारमा गुण्डाको सुरक्षामा डुक्रिएका केपी ओलीले गुण्डाकै सुरक्षामा झापाका जनतालाई दिएको धम्कीको प्रतिफल खाँदैछन् ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल