Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छुरा प्रहार गरी हत्या

पाँचथर । याङवरक गाउँपालिका-६ खाल्ले बस्ने ४० वर्षीय अर्जुन माबोलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका बस्ने १९ वर्षीय आईतराज योङहाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
एक आपसमा बादबिवाद हुँदा आईतराजले अर्जुन माबोलाई छुरा प्रहार गरी हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर र प्रहरी चौकी नागीथर्पु पाँचथरबाट खटिएको प्रहरीले याङवरक गाउँपालिका धमिले भन्ने स्थानबाट उनलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार