Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छुरा प्रहार गर्ने पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-२ छाताचोक बस्ने ३० वर्षीय सबिन भुजेललाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय बिकाश मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिकाश मगर सहित ३र४ जनाको समूहले भुजेललाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले छुरा प्रहार गर्नेमध्ये बिकाशलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार