Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छोराहरुको हेरचाहका लागि भन्दै छुटे पूर्वडीआईजी कोइराला

काठमाडौँ । सानालाई ऐन, ठूलालाई चैन भन्ने उखानै छ । न्याय पनि ठूलाबडाकै लागि सहज हुन्छ । श्रीमती हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका कोइराला बिहीबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् । हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ बर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन् । श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका पूर्वडीआइजी कोइराला साढे ११ वर्ष कैद छुट पाएर बिहीबार जेलमुक्त भएका हुन् ।

 

काठमाडौँ जिल्ला अदालतले ०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सो फैसला तत्कालिन पुनरावेदन अदालत पाटनले ०७२ मंसिर २३ मा सदर गरेको थियो । ०५० मा रञ्जन र गीताको विवाह भयो, दुई छोरा जन्मिए । सम्बन्धमा खटपट भएपछि दुवैजना अलग बस्न थाले । बुढानिलकण्ठमा गीता बसेको घर उनकै नाममा थियो । रन्जनले छोडपत्र चाहेका थिए । तर, गीताले मानाचामल मुद्दा हालिन् ।

 

०६८ पुस २७ मा गीता ढकाल घरबाट हराइन् । माघ ८ मा रञ्जन गीताको हत्या आरोपमा पक्राउ परे । घरमा हत्या गरेर रञ्जनले सशस्त्रको गाडीमा गीताको शव मकवानपुरको टिष्टुङ जंगलमा लगेर जलाए । सशस्त्रले सुविधाले दिएको गाडीमा शव जलाउन उनले काठमाडौँबाट पेट्रोल र डिजेल लगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।