Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छोरी अगाडी सारेर देश लुट्ने प्रधानमन्त्री प्रचण्डको बिलौना

३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताएका छन् । तर आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको उनले बताए ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिदबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री प्रचण्ड र सञ्चारमन्त्री रेखा शर्मालाई बोलाएको थियो ।
छलफलका क्रममा सांसदहरुले एनसेलको शेयर खरिद गरेका गैरआवासीय नेपाली सतीशलाल आचार्यसँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नता छ भनेर सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे समेत प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सतीशलालको नाम लिएनन्, तर शेयर खरिद बिक्री गर्नेहरुलाई चिनेको बताए । आफूमात्र होइन कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि सिंगापुर जाँदा उनीहरुकहाँ बस्ने गरेको प्रचण्डले बताए ।
ती मान्छे सबैलाई चिन्छु, के भ्रम नहोस् भने मलाई थाहै छैन, म अननन छु भन्ने होइन । म राम्रो चिन्छु । मेरो श्रीमती बिरामी भएको बेला सिंगापुरमा दुई चोटी गएको छु, तिनी साथीहरु कहाँ बसेको पनि छु । शेरबहादुर देउवाजी जँदा पनि बस्नुभएको छ । केपी ओली जाँदा पनि बस्नुभएको छ । हाम्रो बीचमा कुरा पनि हुन्छ । तर त्यसको अर्थ ऐन, कानुन र हाम्रो सिष्टमका विरुद्ध कोही जान्छ भने जो सुकै होस् हामी लड्न तयार भएको हो । चिनेजानेको नाताले अनुहार हेरेर मानिँदैन, उनले भने ।

अघिल्लो पटक एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने नेताहरुमध्ये आफू पनि एक भएको प्रचण्डले दाबी गरे । अहिले पनि जालझेलको प्रयास भएको भन्दै उनले हर हालतमा त्यसलाई रोक्ने बताए । त्यसका लागि आवश्यक परे कानुनी छिद्रहरु समेत टाल्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले एनसेलसँग आफू र आफ्नो परिवारलाई जोडेर गरेको प्रचार झुटो भएको समेत बताए । उनले अगाडि भने, साँचो भएको भए म बाँच्न नसक्ने हुन्थ्यो । झुटो हो भन्ने थाहा भएकाले म ढुक्क छु ।

आफ्नो परिवारको सदस्य घटेर तीन जना भएको भन्दै उनले अगाडि भने, एउटी छोरी भरतपुरमा मेयर छ, उतै व्यस्त छे । एउटा छोरी छ, त्यो कस्ती छ, थाहा पाउनुभएकै छ ।

आफ्नो स्वकीय सचिव समेत रहेकी छोरी गंगालाई जोडेर गरेको प्रचार झुटो भएको प्रचण्डले बताए । अहिलेको परिर्वतन उल्टाउन चाहने शक्तिहरुलाई प्रचण्डलाई ह्युमिलेट गरेर डिप्रेस नगरेसम्म हुन्न भन्ने लागेको भन्दै उनले भने, यो गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो ।