Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जगतगुरु बन्न निम्न पदहरू मध्ये सबैभन्दा विशिस्ट श्रेणीमा पुगेको हुनुपर्छ र निम्न विशेषताहरू भएको हुनुपर्छ–
१) सन्त २) महन्त ३) मण्डलेश्वर ४) महामण्डलेश्वर ५) जगतगुरु वा शंकराचार्य
१) सन्त :– ब्यवहार तथा विषयमा नअल्झी धर्म वा पुण्य कर्ममा लागेको सज्जन ब्यक्ति, जसमा ईष्र्या, घृणा र प्रतिशोधको भावना हुँदैन । साथै आध्यात्मिक चेतना जागृत भएको हुन्छ र केहि मन्त्र सिद्धी गरेको हुनुपर्छ ।
२) महन्त :– योगीसन्न्यासीका आश्रमको सर्वोच्च अधिपति । सन्त समाज वा मठको प्रमुख व्यक्ति लाई महन्त भनिन्छ । जसले १०० जना साधु सन्त पाल्न सक्ने क्षमता राखेको हुनुपर्छ । १०० जना साधु सन्तको खाने, बस्ने, सुत्ने ब्यबस्थाको रेखदेख गर्ने, सनातन धर्मको रक्षाको लागी प्रशिक्षण दिने, त्यसपछी बिदाइ खर्च दियर बिदाइ गर्न सक्ने क्षमताको हुनुपर्छ ।
३) मण्डलेश्वर :– शासकीय ब्यवस्थामा कुनै सानो राज्यको राजा वा मुख्यमन्त्री भएजस्तै साधुसन्त मण्डलीको प्रमुख आचार्य वा मठाधिश लाई मण्डलेश्वर भनिन्छ । जसले कमसेकम १०० जना महन्त र ती १०० जना महन्तको मातहतमा रहेका एक लाख सन्तको हेरबिचार गर्नसक्ने क्षमता भएको सन्तलाइ मण्डलेस्वर भनिन्छ ।
४) महामण्डलेश्वर :– १०० जना मण्डलेस्वरबाट एक करोड सन्तको हेरबिचार गर्नसक्ने क्षमता भएको सन्तलाइ महामण्डलेश्वर भनिन्छ ।
५) जगतगुरु वा शंकराचार्य :– १०० जना महामण्डलेस्वरबाट हजारौं मण्डलेश्वर सहित करोडौं साधु सन्तको लालनपालन हेरबिचार र माथी भनिएका कर्महरू गर्न गराउन सक्ने क्षमतावान सन्तलाइ जगतगुरु वा शंकराचार्य भनिन्छ । जसले शास्त्रार्थ द्वारा सबैलाई परास्त गरेर बिजय प्राप्त गरेको हुनुपर्छ । के कथित जगतगुरुमा यी सबै गुण र क्षमता विद्धमान छन् ?
कथित जगतगुरु
त्यसो त कथित जगतगुरुको बारेमा धेरै कुराहरू सुनिरहेको थिएँ तर पत्यार लागेको थिएन त्यसैले कुनै टिप्पणी वा कुनै पोस्ट गरिन । तर आज ०६८ सालमै छलकपट र षड्यन्त्र पुर्वक काशी पण्डितको दुई चारजना पाण्डाहरूको गोप्य सभाले जगतगुरुको पगरी गुथाएर पठाएको ब्यक्तिलाई जगतगुरु मान्न सकिन्न भनेर श्री निम्बार्क वैष्णव परिषदले त्यतिबेलै निकालेको यो विज्ञप्ति पढें, म छर्लङ्ग भएँ ! विज्ञप्ति लामो छ । मैले मुख्य मुख्य कुराहरू जस्ताको त्यस्तै सारेको छु । जसले पुष्टि गर्छ कि तथाकथित जगतगुरु अबैधानिक जगतगुरु रहेछन् र सम्पुर्ण हिन्दु समुदायलाई गुमराहमा राखेका रहेछन् !!यो विज्ञप्ति रहस्यमय तरिकाले लुकाइएको रहेछ र यसमा लेखिएका कुराहरू पनि लुकाएर हिन्दु समाजलाई गुमराहमा राखिएको रहेछ । निकै मुश्किलले हात प¥यो । हेरौं विज्ञप्तिमा लेखिएको कुराहरू जस्ताको त्यस्तै–
यो हो हजारौं वर्ष देखि परम्परागतरूपमा चलिआएको जगद्गुरु कहलाउन सक्ने प्रामाणिक आधार । विद्यागुरु– शिष्य परम्परामा पनि उत्तराधिकारी नियम भएको प्रमाण पाइन्छ । जो उत्तराधिकारी पद्धतिलाई पुष्टि गर्छ । प्रस्तुत छ । महावैयाकरण पतञ्जलिको उदाहरण ।
१) महावैयाकरण पतञ्जलि
योग, वैद्यक, वैयाकरण महाभाष्यका प्रणेता श्रीपतञ्जलिले सूत्र वार्तिकहरूको व्याख्यानका क्रममा शब्द साधन गर्नुपर्दा लोक व्यवहारमा घटित प्रशस्त उदाहरण प्रस्तुत गरेका छन् । हेरौ रामाय शब्दसिद्धिको प्रसँग– ‘लोके यो यस्य प्रसङ्गे भवति लभतेऽसौ तत्कार्याणि, तद् यथा उपाध्यायस्य शिष्यः, गुरौ यत्कार्यं तद् गुरु पुत्रेपि’ अर्थात् लोकव्यवहारमा पनि देखिएको छ, जो जसका स्थानमा बस्छ, त्यसले उसको सम्पूर्ण अधिकार पाउँछ । उपाध्याय गुरुको शिष्यले उपाध्याय गुरुको स्थानमा वस्न पायो भने गुरुले पाएको मान, सम्मान, सम्पूर्ण अधिकार पनि पाउँछ । त्यस्तै यदि कसैका पिता गुरुछन् भने पिताकै स्थानमा बस्ने योग्य पुत्रले पनि पिताको सम्पूर्ण अधिकार पाउँछ । यस प्रसँगलाई अझ स्पष्ट गर्दै उद्योतकार भन्छन् ः ‘तत् स्थानापन्नस्तद् धर्मं लभते’ गुरुको स्थानमा बस्ने योग्य शिष्यले पनि गुरुत्व अर्थात गुरुमा निहित सम्पूर्ण अधिकार प्राप्त गर्न सक्छ । शिष्य पनि गुरु नै कह लाउँछ । तुल्यन्यायात् श्री शंकराचार्य जस्ता जगतगुरुको स्थलमा बस्न पाउने योग्य उत्तराधिकारी शिष्य पनि जगतगुरु नै मानिन्छ । आजको सन्दर्भमा यदि कोही जगद्गुरु बन्न चाहने इच्छुक व्यक्ति छ भने कित परम्परागत श्रीशंकराचार्यजस्ता जगद्गुरु पीठको उत्तराधिकारी हुन सक्न पर्यो, कि उसले दक्षिण एशियाका सम्पूर्ण विद्वानहरूलाई शास्त्रार्थमा परास्त गरेको, पराजित विद्वानहरूको हस्ताक्षरित प्रमाण पत्र नेपाल राष्ट्रका समक्ष प्रस्तुत गर्नु पयो । अन्यथा आज कुनै पनि व्यक्ति जगद्गुरु बन्न सक्दैन, न कुनै संघ, संस्था, समिति, सभा, संगठन, परिषद्, समूहहरूलाई जगद्गुरु बनाउने अधिकार छ ।
सज्जनवृन्द । यसरी जगद्गुरु कुन बन्न सक्छ र कसरी बन्न सक्छ भन्ने अकाट्य प्रमाण र परम्परागत पद्धतिलाई यस लेख मार्फत छर्लङ्ग पारिएको छ । गम्भीर भएर पढ्नुहोस्, गुन्नुहोस् अनि बुझनुहोस् त्यसपछि निर्णय गर्नुहोस् । यदि कोही नेपालमा जगद्गुरु छ भने त्यो साँचो अर्थमा जगद्गुरु हो कि होइन निर्णय गर्नुहोस् । कागले कान लग्यो भन्दैमा कागतिर दौडनुभन्दा आफ्नो कान छाम्न उचित हुन्छ । महानुभाव ! यहाँ जगतगुरुको आधिकारिकताको विषयमा केही जिज्ञासाको ओइरो लागेको छ । जिज्ञासाको विषय हो, काशी पण्डित सभाले बनाई पठाइएका तथा कथित जगद्गुरुका सम्बन्धमा–
१) काशीबाट जगद्गुरु बनेर आए भनेका व्यक्ति, निम्बार्क वैष्णब भएकाले, निम्बार्क वैष्णवहरू ठूलो भ्रममा परेका छन् । के निम्बार्क वैष्णवहरू उनलाई जगद्गुरु मान्न बाध्य हुनुपर्छ र ?
२) अरु यस्ता पनि प्रश्न आएका छन् ।
काशी पण्डित सभाले जगद्गुरु बनाई नेपाल पठाइएकोमा एक तर्फ नेपालीमा हर्षोल्लास छ भन्ने अर्को तर्फ सुनिन्छ भने सम्प्रदायको परम्परालाई बुझेका केही व्यक्तिहरू वहाँलाई जगद्गुरु मान्न तयार हुनुहुन्न । जब कि नेपाल सरकारले नै मानौं कुनै परराष्ट्रको राष्ट्रपतिको स्वागत गरे सरह सेना, प्रहरी, आइ.जी.पी, सशस्त्र प्रहरी परिचालन गरी मन्त्री, सचिव सहित बेण्ड बाजाको रमझमको साथ भब्य स्वागत गरिसकेको परिपेक्ष्यमा – यति मात्रै होइन सरकारी शानका साथ जिल्ला – जिल्लामा भ्रमण गराई स्वागत अभिनन्दन गरिसकेको अवस्थामा – अब बाँकी के रह्यो र ?
सज्जनबृन्द ! तपाईंहरूले यो कुरा स्पष्ट बुझनुहोस् कि काशी पण्डित सभाले बनाएर कोही पनि असली जगद्गुरु हुँदै हुँदैन । खास गरेर निम्बार्क बैष्णवहरू कत्ति पनि भ्रममा नपर्नुहुन अनुरोध छ । निम्बार्क बैष्णव परिषद् नेपाल उनलाई जगद्गुरु मान्दैन । निम्बार्क बैष्णव सम्प्रदायको परम्परागत मर्यादाको ठाडो उल्लङ्घन गरि स्वेच्छानुसार दम्भ प्रदर्शन गर्ने व्यक्ति सम्प्रदायलाई कथमपि स्वीकार्य छैन । काशी पण्डित सभाले लादेको जगद्गुरु मान्न, निम्बार्क बैष्णव परिषद् नेपाल बाध्य छैन । अब रह्यो नेपाल सरकारको कुरा तथाकथित जगद्गुरु भएको सम्बन्धमा प्राज्ञ दधिराज सुवेदीद्वारा लिखित र सम्पादित “जगद्गुरु वालसन्त” पुस्तक पढे पछि वैष्णव परिषद त लाजले भुतुक्क भयो । किनभने मानौ, राष्ट्रपतिको सिफारिसमा नेपाल सरकारले मन्त्री परिषद द्वारा संसदमा निर्णय गराई हामीलाई (नेपाल सरकारलाई) छिटो जगद्गुरु चाहिएको छ अतः जगद्गुरु बनाएर पठाई दिनु होस् भनी काशी पण्डित सभा सङ्ग अनुरोध, किंवा सम्झौता गरेको जस्तै पारामा नेपालका राष्ट्रपति डा. रामवरण यादवलाई काशीमा कार्यरत दुईजना नेपालीले तथा कथित जगद्गुरुको हस्तान्तरण गरेको दृश्य त्यो पुस्तकमा प्रकाशित छ । साथै ती दुईजना नेपाली समक्ष राष्ट्रपतिले विवशता देखाइएको कुरा पनि उल्लिखित छ । हामीले नेपाल सरकारलाई त विश्व सरकारकै हैसियतमा सम्झिएका थियौं । आँफूलाई नेपाली हुनुमा स्वभिमान र गौरव ठान्दथ्यौं । किन्तु नेपाल सरकारको स्तर काशीका पण्डितहरूको स्तर भन्दा तल झरिसकेको छ भन्ने कुरा थाहा थिएन । नेपाल सरकारलाई काशीका पण्डितहरूले भनेको मान्नुपर्ने बाध्यता किन ?
नेपाल सरकारले काशीको पण्डित सभासँग सम्झौता गरेको होईन भने जगद्गुरु हस्तान्तरण गरेको अर्थ के हुन्छ ? त्यस्तै नेपाल सरकारले सोंच्नुपर्थ्यो । कहाँ भारतीय केन्द्रीय सरकारको समकक्षी नेपाल सरकार ! कहाँ दुईजना नेपाली रहेको काशी पण्डित सभा ! नेपाल सरकारको गरिमा र प्रतिष्ठामा धक्का पुयाउने काम कसले गरेको हो ? जाँच हुनु पर्छ । नेपाल सरकारले यो पनि सोच्नु पर्थ्यो– नेपालमा कल्पना नै नगरिएको नेपालका दिग्गज विद्वान र सन्त महन्तहरूको वास्तै नगरी, गन्दै नगनी अकस्मात लुकेर प्रशस्त दक्षिणाका भरमा सरकारकै समकक्षी जस्तो मानिने राजनैतिक ठूलो नेताको हैसियतमा राष्ट्रपतिले मान्नै पर्ने बाध्यताका साथ काशीबाट लिएर आएका तथाकथित जगद्गुरुलाई अकस्मात् राष्ट्रपतिकहाँ पुरÞ्याउँदा राष्ट्रपति र नेपाल सरकारलाई पनि आश्चर्य लाग्न पर्ने होइन र ? हामीलाई लाग्छ यो नेपाल सरकारको कमजोरी हो । काशी पण्डितको गोप्य सभाले जगतगुरु तोकेर पठाएको ब्यक्तिलाई राष्ट्रपतिले सम्मान गर्नु भनेको नेपालको लागि लज्जास्पद कुरा हो । नेपाल सरकारको हैसियतले काशी पण्डित सभाले सजिलै नापेर देखाइदियो ।
१) नेपाललाई जगद्गुरु किन ?
२) जगद्गुरु चाहिए नेपाल नै समर्थ छ कि छैन ?
३) जगद्गुरु कसरी बन्छ वा बनाइन्छ ?
४) जगद्गुरु बनाउने अधिकृत संस्था कुन् हो ?
५) जगद्गुरु बन्ने ऐतिहासिक परम्परा कुन् हो ?
६) जगद्गुरु बन्न र बनाउनका लागि शास्त्रीय योग्यता कति चाहिन्छ ?
७) कुनै संस्थाले अनधिकार चेष्टा गरी बनाइको तथाकथित जगद्गुरुलाई परम्परागत जगद्गुरु पीठहरूमा आसीन हुनु हुने असली वैध जगद्गुरुहरूले मान्यता दिएको इतिहास छ कि छैन ?
८) जसले जगद्गुरु बनाएको हो त्यसले प्राचीन परम्परागत जगद्गुरुहरूबाट अनुमोदन गराएको हस्ताक्षरित पत्र ल्याएको छ कि छैन ?
९) जगद्गुरु राजनैतिक नेता हो कि होइन ?
१०) जगद्गुरु नक्कली सक्कली छुट्याउने प्रामाणिक आधार के हो ?
यत्ती कुरा नेपाल सरकार र रास्ट्रपतिले बुझ्नु पर्ने हो कि होइन ? एकछिनका लागि काशी पण्डितसभामा आवद्व काशीका सम्पूर्ण विद्वानहरूलाई श्रीशंकराचार्यजीले झैं शास्त्रार्थमा परास्त गरेर उनीहरू पराजित भएको हस्ताक्षरित प्रमाण पत्र ल्याएको हो र त्यसका आधारमा नेपाल सरकार प्रभावित भएको हो त ?
१) न, काशी पण्डितसभा, जगद्गुरु बनाउने कम्पनी हो ।
२) न, काशी पण्डितसभा, जगद्गुरु बनाउने आधिकारिक निकाय हो ।
३) काशी पण्डितसभाले बनाएको कुन चाहिँ जगद्गुरु, परम्परागत जगद्गुरु श्रीशंकराचार्यहरूको पंक्तिमा मान्य छ ? उत्तर अपेक्षित छ ।
४) यदि काशी पण्डितसभाले स्थापना कालको गरिमा सुरक्षित राख्न चाहन्छ भने उसले झूठा खेती गर्न सुहाउँदैन ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल