Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जगदम्बा स्टिल्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्काशनको तयारी गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ (साधारण शेयर) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बोर्डका अध्यक्ष रमेश हमालले जगदम्बाले ल्याएको निवेदन दर्ता गर्ने प्रयोजनका लागि आफ्नो टेबुलमा आए पनि स्वीकृत गर्ने नगर्ने कुरा सम्वन्धित विभागमा गएर निर्णय हुने जनाए । उनले भने, ‘यस्तो निवेदन धेरै आइरहेको हुन्छ । मैले तोक लगाएर सम्वन्धित विभाग तथा समितिहरुमा पठाउने हो । उनीहरुले हेरेर प्रक्रिया पूरा भएर अन्तिममा स्वीकृत गर्नुपर्ने भयो भने मेरोमा आउने हो ।’
छ अर्ब रुपियाँ मूल्य बराबरको दुई करोड कित्ता आईपीओ निष्काशन गर्न लागेको जगदम्बा स्टिल्सले शेयरको मूल्य तीन सय रुपियाँ प्रस्ताव गरेको बोर्ड स्रोतले जनायो । एमएस बिलेट उत्पादन गर्ने जगदम्बा स्टिल्स नेपालकै ठूलो स्टिल्स उद्योग हो ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल