Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जगमानले सम्हाले दुवेदीको कमान्ड

काठमाडौं । राजसंस्था पक्षधरले घोषणा गरेको संयुक्त जनआन्दोलन समितिको नेतृत्व परिवर्तन भएको छ। आफू नजरबन्दमा परेपछि नवराज सुवेदीले एक विज्ञप्ति निकालेर जगमान गुरुङलाई नेतृत्वको जिम्मेवारी दिएका हुन्। विज्ञप्तिमा उनले भनेका छन्, ‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले नेतृत्व गर्नुहुनेछ।’ शुक्रबारको राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि सुवेदीलाई नजरबन्दमा राखिएको छ। शुक्रबार राजावादी प्रदर्शनकारीले निजी र सरकारी सम्पत्तिमा व्यापक तोडफोड, लुटपाट र आगजनीसमेत गरेका थिए। प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने गोली लागेका अर्का दुई जनाको अस्पतालमा उपचार भइरहेको छ।


सम्बन्धित समाचार