Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
महोत्तरी । सशस्त्र प्रहरी बल छिन्नमस्तले कात्तिक २८ देखि मंसिर ५ गतेसम्म स्क्वार्ड टोलीको सूचनाका आधारमा नेपाल प्रहरीलाई साथ लिएर सिराहाको गोलबजार नपा वडा नं. ७, ८ र १० र मिर्चैया नपा वडा नं. ९, औरही गाउँपालिका १ र नराह गाउँपालिका २ मा लगाइएको ७ बिघा ७ कठ्ठा जमिनको गाँजा खेती नष्ट गरेको छ । त्यसैगरी सशस्त्रले महोत्तरीको एक डाँडा गाउँपालिका वडा नं. ५ को ८ बिगाह र सर्लाहीको लालबन्दी नपा १४ मा ६ बिघा, पर्सा ठोरी गाउँपालिका वडा नं. ४ को २ बिघा १० कठ्ठाको गाँजा खेती फाँडेको छ ।
सशस्त्रको टोलीले गत सोमबार सर्लाही जिल्लाको हरिवन नपा ८ नारायणचोकस्थित सुरक्षा वेश हरिवनबाट खटिएका सनाउ दिपेन्द्र थापाको टोलीले कागज बिनाका २ ट्रक चालक र सह चालकसहित ८४० क्युफिट काठ पनि बरामत गरी डिभिजन वन कार्यालयलाई बुझाएको छ । सो काठको मूल्य रु ४२ लाख पर्छ भने ट्रकको मूल्य रु ६० लाख पर्छ । गाजालाई नगदे खेती बनाउन खटेका नेकपा एमालेका काठमाडौं क्षेत्र नं. ६ का प्रदेश सांसद केशव स्थापित, सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङलाई शसस्त्रको यो अभियान मन परेको छैन । जनस्तरमा गाजालाई जडिबुटीको रुपमा लिइने गरिन्छ । यिनका प्रभु केपी ओली प्रम थिए केही नापेनन् । सरकारले नै गाँजाको खेती अवैध बनाएको छ । राज्यले वैधानिकता दिने हो भने गाँजाबाट राजश्व उठ्छ । सशस्त्र प्रहरीलाई कुनै झन्झट हुन्न । त्यही ठाउँमा एकवर्ष डिआईजी सीपी गौतमले बिताए । तर घुमुवा विहीन प्रदेश भन्दै गीत गाए । गाँजा फाँडेको समाचार आएन ।
अहिले सशस्त्रको नेतृत्वले गौतमको कार्यकाल कसरी मूल्यांकन गर्दाे हो । जबकि गौतमलाई विगतमा कमाण्ड गरेका बाहिनी र गणका सिपाहीहरूले नामुद घुस्याहा राशन चोर भन्ने गर्थे । प्रदेश २ को कमाण्ड गर्ने गौतम अगाडिका डिआईजी तस्करीकै काण्ड लागेर तानिएका हुन् । त्यहाँ अहिले गणेश ठाडामगर छन् । यी डिआईजीलाई पूर्व डिआईजीहरूको कमाण्ड थाहा छ । शत्रुले कसरी कहाँ फसाउँछन् भन्ने कुरा यिनले बुझ्नु पर्छ । मगरको छोरो एकोहोरो व्यवहार देखाउँदा भोलि फसिन्छ । कमाण्डमा खटेको तल्लो वर्गको लागि नेतृत्वले ध्यान दिनुपर्छ । रु. १ करोड २ लाख राजश्व उठ्दा कानुनी रुपमा पाइने कमिशनमा कमाण्डरले ¥याल नकाड्ने हो भने सीमा सुरक्षामा सशस्त्र सफल हुन्छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल