Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जताततै बिचौलियाकै जगजगी

ईश्वरीप्रसाद वाग्ले

नेपालमा पाएसम्म सरकारी ढुकुटीमा रजाई गर्न कोही पछि पर्दैन र कसैले मैले त्यस्तो जघन्य अपराध गर्न हुँदैन भन्दैन । त्यो यथार्थतालाई पुष्टि गर्दै भ्रष्टाचार गर्ने ठूलठूला बजेट भएका कार्यक्रमहरूलाई मन्त्री परिषद्बाट निर्णय गराउन सरकारको नीतिगत तहबाट देखाइएको सक्रियता नै काफी छ । ओली सरकारले भ्रष्टाचार रोक्छ, रोजगारीका ढोका खोल्छ, जनतालाई सेवा सुविधा दिन्छ भन्ने कहवात केबल कपट रहेछ भन्ने छर्लङ्ग भएकै छ । अबको नेपाल नेकपाको यस्तै गतिछाडा चरित्र, भ्रष्ट शैली, अहंकारी व्यवहारबाट बन्न कठिन छ । सरकारको नेतृत्व पुष्पकमलले गरे पनि ओली नेतृत्वले विछ्याएको फोहार हटाउनै एक वर्ष लाग्छ । सरकारमा नहुँदा पनि ठूलो पदमा बसेर पार्टीलाई भड्काउने कार्यकर्तालाई सत्ताविरुद्ध उतार्ने, गुण्डा र डनहरूको बिगबिगी बढाउने ओलीका छौंडाहरूले युरोपेली युनियन हुँदै प्राप्त डलरमा रमाउने गरी भाँडभैलो सिर्जना नगर्लान् भन्न सकिँदैन ।

तत्कालिन नेकपा एमालेको अध्यक्ष बनेर झलनाथ खनालले व्यहोरेको त्यो गुटबन्दीको पहेली अहिले राज्य बेथितिविरुद्ध केन्द्रीत भएको भए नेकपाको नेतृत्वको सरकारका एक वर्ष देशले काय पलट गर्न नसके पनि सुधारका संकेत देखाउन सक्थ्यो । तर प्रधानमन्त्री केपी ओलीलाई देवत्वकरण गराएर रमाउने गिराहेले जनतासँग प्रधानमन्त्री कार्यक्रमलाई प्रसंसा र आत्म प्रचारमा केन्द्रीत ग¥यो । सिंहदरकारभित्रका मन्त्रालयका सञ्चालकहरूले आतंकको सामना गरे । कार्यक्रम आएपछि प्रमका फाल्तु वकबास सुन्नुभन्दा नेपाल टेलिभिजन बन्द गर्नु पर्ने अवस्था आयो । त्यहाँ डा. कुन्दनको गुञ्जायस कही देखिएको थिएन । सिर्जनात्मक सन्देश पाए पो रुचि हुन्छ हेर्न । पुराना भाषण जोडेको छ । देश बाढी पहिरोले कोलाहल छ । नेपाल टेलिभिजनको व्यापार गर्ने महत्वपूर्ण समय प्रम अ‍ोलीको भजन र प्रस्तुतिमा केन्द्रीत हुने कार्यक्रमको के अर्थ त्यो पनि टेलिभिजनलाई रु ३ ला ५० हजार चुना लगाएर । कार्यक्रम शो बापतको रकम भुक्तानी नगर्ने मिडिया होम होस् वा कुनै विज्ञापन एजेन्सी किन नहोस् आज टेलिभिजन सप्रोस भन्नेमा भएका भए नीर शाहको रु ६ करोड, भास्करको रु ९ करोडको विषय सार्वजनिक हुने थिएन । जुन विषय टेलिभिजनमा अहिले पनि सम्झन योग्य छ । हिजो समाचार लेखेकै भरमा नागरिक दैनिकका समाचारदतामाथि गुण्डा परशुराम बस्नेतले गरेको कुटपीटले देश हल्लियो ।

त्यो गुण्डालाई संरक्षण गर्ने महेश बस्नेत थिए । यो सबैले देखेको यथार्थ हो । अहिले मुलुक कता जाँदैछ अथवा लगिँदैछ जनतासँग प्रधानमन्त्री कार्यक्रमको नाउमा नेपाल टेलिभिजनको समय बिना पैसा प्रमककै राजनीकि सल्लाहकार विष्णु रिमालका भाञ्जाले लुटेको लुट समृद्धि र विकासको कुन क्षेत्र हो । सिमा तस्करी बढेकै छ । राजश्व उठाउने नाउमा जनतालाई सताउने अर्थमन्त्री डा. युवराज खतिवडाको नीतिगत चिन्तनले दर्शाएकै छ । भएका संस्थानहरूको सुधार छैन । सरकार रोजगारी बढाउने नाममा आफ्नै लगानीमा त्यस्ता संस्था फेरि सञ्चालन गर्दैछ । सडक सुधारको क्षेत्र कही सन्तोषजनक छैन । ठेकेदारहरूले हामी पार्टीका हौं खबरदार चन्दा दिन्नौ भनेकै भरमा सरकारले आफ्नो निर्णय फिर्ता लिएकै छ । राज्यको सम्पत्तिबाट आफू कमाई गर्ने तर त्यो सम्पत्तिको खोजी गर्ने यातायातका महानिर्देशकको अवधि फेरिरहने अर्थात् एक वर्षमा चार महानिर्देशक बनाउने रघुवीर महासेठको अपराध नयाँ बसपार्क क्षेत्रभित्रको लुट कहिलेसम्म क्षम्य हुन्छ ? अनि त्यहाँ गुण्डा र डनले हप्ता अशुल्ने प्रहरीले वेश्यालयहरूबाट हप्ता उठाउने काम नियन्त्रण भएन भनेर गुनासो गर्ने ठाउँ कसरी रहन्छ ।

नेपाल भ्रमण वर्ष आइसक्यो, देशको एकमात्र राष्ट्रिय ध्वजाबाहक कम्पनी वायुसेवा निगमका जहाज ह्याङ्गरमा थन्क्याउने तर सुधारका नाममा सरकारसँग पैसा माग्ने मदन खरेल जस्ता भष्मासुरलाई झुण्ड्याउने कानुन किन नबनेको हो ? नयाँ मन्त्री योगेश भट्टराईले निगम सुधार्नु भनेका छन् । ओली सरकारको समृद्धि र विकासे लहरका युगमा ? वायुसेवा निगमले उडान नगर्ने हिमालय एयरले उडान गर्ने, बुद्ध एयर, यति एयर वर्षेनी आन्तरिक उडानमा नाफा लिने वायुसेवाका विमान आन्तरिकमा पनि थन्किने ? यही हो समृद्धि र विकास ? जनतासँग प्रधानमन्त्री कार्यक्रमको स्तुतिमा केपी ओली र मदन खरेल जोडिएका कार्यक्रम ल्याउन लाजमर्दो भयो र आएनन् ।

आफ्नो गति यस्तो छ अनि सरकार विशुद्ध भारतीय सिने कर्मीको आइफा अवार्ड सञ्चालन गर्ने गरी रु ४० करोड खरानी बनाउन रुचि देखाउँछ । क्रिश्चियानीटिलाई बढाउन होली वाइन भिœयाएका माधव नेपालले गनगन नगरुन भन्दै पिस फेडेरेशनका नाममा झण्डै ३ अर्ब चुना लगाएको सरकारले प्राप्त गरेको उपलब्धी क्रिश्चियन धर्मगुरुको पिसाव जनप्रतिनिधहिरूलाई समेत शेचन गराएर प्रधानमन्त्रीलाई दिएको एक लाख डलरको पुरस्कार ठूलो देखियो । सरकार र नेकपाको हुनसम्म बेइज्जत भयो । नेपाली काँग्रेस जस्तो बुर्जुवा शक्ति, राप्रपा जस्तो प्रतिगमनकारी जमातले समेत नपत्याएका कर्तुतहरू परिवर्तनकारी शक्तिका आडमा जति देखिँदैछ त्यसले सरकारवादी पार्टीको भावि दिनको अँध्यारो पाटोको संकेत गर्दैछ । सुधारको स्थिति त्यही जमात यही अनुहारबाट हुँदैन । अबको सुधार शून्यबाट थालियो भने केही होला । नत्र कमाउने र लुट्नेहरूले बालुवाटार त खाए सिंहदरबार भित्रैको खाली जमिन किनबेच गरे भने नौलो नमाने हुन्छ । किनकि प्रधानमन्त्रीकै सचिवालयमा बिचौलियाहरूले प्रत्येक फाइलमा सुँड गाडिसकेका छन् । उनीहरू अझै पनि जनतालाई गिज्याएर कमाई गर्ने स्थान हेर्दैछन् ।


सम्बन्धित समाचार