Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जथाभावी फोहोर गरेको भन्दै एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना

काठमाडौँ । वीरगञ्ज महानगरलाई स्वच्छ सफा बनाउने अभियानका क्रममा पटक पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एनआईसी एसिया बैंक वीरगञ्ज शाखा जरिवानामा परेको छ । महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा बैंकबाट आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो । महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरि सकेको अवस्थामा पुनः एनआईसी एसिया बैंकले अटेरी गर्दै सडकमा फोहोर फालेपछि ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको वीरगञ्ज महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिए । फेरि पनि फोहोर फालेको भेटिएमा २५ हजारदेखि २ लाखसम्म जरिवाना असुल गरिने वीरगञ्ज महानगरपालिकाले चेतावनी दिएको छ । महानगरले विगत एक सातायता नगर क्षेत्र भित्र जथाभावी फोहोर फाल्ने झण्डै २ सय भन्दा बढीलाई जरिवानासहित कारबाही गरेको छ ।