Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनकपुर काँग्रेसमा ठूलै विद्रोह

जनकपुरधाम । सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका हुन् । उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दैछन् । नगर सभापति साह नेता विमलेन्द्र निधि समूहका हुन् । नेता निधिले समेत सत्ता गठबन्धनले जनकपुरधामका मेयर जसपालाई दिएको निर्णयमा असन्तुष्टि जनाइरहेका छन् । निधिकै सल्लाहमा सभापति साह लगायतका नेताहरु राजीनामा दिन लागेको स्रोतको दाबी छ । पार्टीबाट राजीनामा दिएर पत्रकार सम्मेलनमै साहले मेयरमा स्वतन्त्रबाट उठ्ने घोषणा पनि गर्ने उनीनिकट एक नेताले बताए । साह गत स्थानीय तहको निर्वाचनमा झण्डै १० हजार मतान्तरले पराजित भएका थिए । जनकपुरधामको मेयरमा निर्वाचित मेयर लालकिशोर साह अहिले जसपामा छन् ।