Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
भ्रष्टाचारले गन्हाएका ऊर्जा, उद्योग, भूमिसुधार मन्त्रीलाई बर्खास्त गर्न नसक्ने प्रधानमन्त्रीले भिजिट भिसा प्रकरण छानविन र विद्युतको महसुल ८ अर्ब ६५ करोड उठाउन नसकेर समाजमा सुरक्षा बिना आफू हिँड्न नसक्ने भएको अवस्थाको मूल्यांकन गरुन् कसरी ? किसानको उत्पादन बिचौलियाले खाएको छ, बिना कारण रड र सिमेन्ट उद्योगले भाउ बढाएको छ । सरकार चुप छ । त्यही उद्योगले विद्युत महसुल तिर्दैन, त्यही साहुको लगानीको हिल्टन होटल उद्घाटन गर्न आफ्ना सहान बहान लिएर पुग्ने प्रमबाट जनता र राष्ट्रको सेवा कसरी हुन्छ ? ओली सरकारले गरेको राम्रो काम भनेको शासकीय निरंकुशता, कर्मचारीको कुलिङ पिरियडको व्यवस्था हुँदै भन्सार नाकामा अर्थमा कर्मचारीको सेन्डिकेटले मच्चाएको राजश्व ठगी, शिक्षित बेरोजगारको हकमा शुन्य सरकारी राजश्व, आफ्नाले ठग्ने अरुलाई सताउने हो । दलगत रुपमा आफ्नै पार्टीमा विद्या भण्डारीलाई रोकेर आफैं तेस्रो पटक अध्यक्ष हुने र जनताबाट तिरस्कृत बन्दै जाने एमालेको प्रगति हो । ओलीले त्यही चाहन्छन् ।
हिजोको हावाको विजुली, घरघरमा ग्यास पाइप, उत्तरबाट प्रवेश गरेको रेल पोखरा, बाग्लुङ, पर्वत हुँदै लुम्बिनी पु¥याउने घोषणाा आज छैन । काठमाडौंमा मेट्रो र मनोरेलको घोषणा विद्या सुन्दर शाक्यसँगै कता पस्यो ? अरुले थालेको कामको जस लिन शिलालेख टाँस्नु त लाजको पसारो हो । तर लाज मान्नेले नमान्दा अरुले लाज मानेर कुनै अर्थ छैन । काँग्रेसलाई भाउजुको स्वार्थ पूरा भए पुगेकै छ । त्यहाँ त यो गरौं, त्यो गरौं भन्ने डा. शेखर छन्, एमालेमा ओली अगाडि त्यो भएन यो सत्य भन्ने मान्छे समेत छैनन् । जताततै विकासको लहर आएपछि यस्तै हुन्छ होस् ।
रविलाई राखिएको ग्यास च्याम्बरमा ओली र रमेश लेखकलाई दुई घण्टा बसाल्न सके यिनको शान्ति र मानवअधिकारको छटा फैलन सक्थ्यो । पापीहरूको शासनमा यस्तै हुन्छ । समय र काल पर्खिनुपर्छ । पूर्वाग्रहको पनि हद हुन्छ । रविको हकमा स्वतन्त्र भनिएको अदालतले समेत नांगो बन्न लाज मानेन । जबकि अदालती काम कानुन अनुसार नै हुन्छन् भनिएको छ । नेपालको कानुन प्रम ओलीको पार्टी उनको भक्तलाई नलागे जस्तै काँग्रेसमा कुलायनको टिमलाई कानुन लाग्दन । मुलुकमा भ्रष्टाचारीको विकास मात्र भएको छ । प्रशासन, प्रहरी एमाले–काँग्रेसका गोटी बन्दा विकास धान्नै नसकिने भएको छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल