Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनतालाई ऋण थपेर राष्ट्रपतिको चिन्ता !

जनतालाई प्रतिव्यक्ति ८७ हजार ऋण बोकाएर आँफू मोजमस्ती गर्न नेपाल ट्रष्टको सम्पत्ति कौडीको दर भाउमा थामर्सेकू कम्पनीलाई सुम्पने एमाले अध्यक्ष केपी ओलीलाई उनकै राष्ट्रपति विद्या धण्डारीले आँफूले पाउने मासीक भत्ता लिन्न भनेर घोषणा गरेको थाहा पाएनछन् । त्यही कारण उनले बुधवार सांसदमा २ घण्टासम्म बेतुके कर्कश गरे । राष्ट्रपति पदवाट भूपू भएपनि आफ्नो घर भाडामा लगाएर सरकारलाई रु १ लाख ५० हजार मासीक भाडा वापत तिराएर आँफूले मासीक भत्ता बुझिरहेका काँग्रेसका असन्तोषी नेता डा. रामवरणले गत वर्ष मासीक पाउने बेतन बाहेका ३५ लाख छुट्टै लिएको एमाले उपाध्यक्षले थाहा पाएनछन् । उनलाई चिन्ता पूर्व राष्ट्रपतिको भयो उनकै अराजक चरित्रले देशमा अस्थिरता बढेको भ्रष्टाचारको खाडल थपिएको छर्लँग छ । यादवले मासीक कराड दिए पनि नै भन्दैनन किनकी उनी मधेसका हुन् ।
केपी ओली जनताको पक्षमा महँगी र कालोवजारको विरोधमा बोलेको रेकर्ड एमालेमा कति छ ? तर सार्वजनिक सरोकारमा छैन् । विपक्षी दलको नेता राजधानीमै जुम्ल्याह हवेलीका मालिक भएर पनि संसद सचिवालयवाट घरभाडा वापत सांसदले पाउने भत्ता केपीले वुझेकै छन् । काँग्रेस एमालेका अधिकांश नेताको राजधानीमा घर छन् । देखाउने सर्वहारा पार्टी माओवादीका पनि धेरै नेता घर भएका नै छन् । सांसद र पार्टीको नेता त घर भएर पनि मासीक राज्य कोषवाट घर भाडा लिन छाडेका छैनन् । भने आँफू राज्यश्रोतवाट अशुल्न नछाडने जनताको पिडा वारे नवोल्नै पूर्व राष्ट्रपतिको चिन्ता गर्ने केपीलाई देशको हालत आफ्नै दम्व र अहंकारले ध्वस्त भएको ज्ञान कहिले आउने हो । संसदमा केपी ओलीले बोल्ने शव्द अरु पाएनन ? आफ्ना निकट विस्वासीका लागि करोडौं खर्च सहजै छ । विदेश भ्रमणका लस्कर पनि छन् । पार्टी जुन सुकै शासक भएपनि विग्रेको अवस्था सुधार्ने तर्फ ध्यान छैन् । सत्ता स्वार्थ र डाहाले काम गरेका छ । कम्युनिष्ट एकता भत्काउने वहुमतको सरकार ढाल्ने पार्टी फुटाउने क्षमताका नेता त्यो पनि कम्युनिष्ट । अहिले कम्युनिष्ट र काँग्रेसकै वजार छ । जो सरकार निर्माणमा सफल शासन व्यवस्थामा असफल भएका छन् । प्रतेक नेपाली ८७ हजार ऋणका भागेदार वनाउने नेता नै हुन् ।
देशको ऋण बढ्ने विकासको काम कतै पूर्ण नहुनुको कारण अनुत्पादक खर्च हो । स्थानीय तह प्रदेश र केन्द्र सरकारकैवीचमा समन्वय छैन् । कानूनले राष्ट्रपति प्रधानमन्त्री संवैधानिक तहका ठालूहरुलाई पाल्न र पोस्न करोडौ समाप्त भएकै छ । स्थानीय तहका वडा सदस्यसम्मलाई तलव दिलाउने र समाजसेवालाई कमाई धन्दामा लगाउने कानून वनाएर गणतन्त्रलाई लुटतन्त्रमा पुर्याएका सफलपात्र र प्रवृत्तिले नै देशलाई रु २३ खर्वको ऐलानी गर्ने पाएसम्म देशको आम्दानी एकलौटी कव्जा गर्ने चरित्रका खानी नै बढेको छन् ।
असफलपात्र र प्रवृत्तिका कारण असारसम्म २२ खर्व २१ अर्व ६७ करोड ८५ लाख ऋण थियो त्यो ऋणमा १० खर्व ९९ अर्व ७२ करोड ३३ लाख आन्तरिक हो भने १० खर्व ७३ अर्व ५२ करोड ३९ लाख वाह्य ऋण तिर्नु नै छ । हरेक महिना ऋणमात्र बढने आम्दानी नबढने आवश्यकता शिक्षक र कर्मचारीको व्यवस्थापन गर्न बजेट नहुने नेता कार्यकर्ताका लागि भत्ता जुटाउन पछि नपर्ने कस्तो गणतन्त्र लागू भयो देशमा जो आफ्नै शक्ति र सामथ्र्यले भ्याएपनि राज्य सुस्नमै रमाएका छन् । राष्ट्रपतिका नाममा डा. रामवरण यादव कलंकै हुन त्यहाँ रामचन्द्र पौडेल थपिएका छन् ।