Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनतालाई चाहिएकै छैन किन उठ्ने यी ?

काठमाडौं । जनताले मन पराएकै छैनन् यी किन चुनाव लड्नु प¥यो ? सडक बजारमा यस्ता कुरा चर्चामा छन् । देश भ्रष्टाचारको महाजालमा छ । काँग्रेस, कम्युनिष्ट एक छन् । सत्तामा जानु भनेको जनताको सेवा र राष्ट्रको हितमा होइन । आफू कुम्ल्याउने आफ्ना वरपरका सुण्ड, मुुसुण्डको सेवा गर्ने बाहेक केही देखिएन । लोकतन्त्रको १६ वर्षे जोवन कमिशन बढाउने, भ्रष्टाचारको ग्राफ बढाउनेमै केन्द्रीत भयो । यो बेला सत्ताको रस्साकस्सीमा नेकपा नाउका भुरे टाकुरेदेखि हात्ती बनेकाहरू पनि सक्रिय भए ।

राजनीतिको मियोमा रहँदा देशले केपी ओलीको लागि मात्र देखावटी रूपमा झण्डै १८ करोड खरानी बनायो । त्यो लगानीबाट राजनीतिमा सक्रिय पार्टीमा एकल हैकम चलाएर देवत्वकरणचमा रमाएका केपी ओलीबाट संविधान च्यात्ने, गुटबन्दी गर्ने आफैं राजा अरु दास, आफैं विज्ञ, डाक्टर, आफैं पानीजहाज र रेलका योजनाकार हुने बाहेक ४१ महिनामा यो देशले के पायो ? सबै छर्लङ्ग छन् । सबै स्थानीय तहका अस्पतालहरूको राजधानीबाटै स्वीच थिचेर उद्घाटन गरियो, तर कुन चाहिँ अस्पताल बन्न शुरु भयो ? ओली पथकै योद्धा हुन् काँग्रेसका शेरबहादुर देउवा । देउवाको शासन कालमा नेपालीले कहिल्यै सामाजिक सुधारको क्षेत्र राम्रो भो भन्न परेन ।

काँग्रेसलाई पुँजीवादी सत्ताको सूचक भनिन्छ । त्यहाँ डा. आरजुहरूले प्रशासनिक क्षेत्रलाई विक्षिप्त पार्छन् । प्रहरी, कर्मचारी कुनै वर्ग आफ्नो नियममा चल्न पाउँदैन । यिनैलाई चुनाव जित्नै छ । सातौं पटकसम्म ¥याल काडेरै भए पनि प्रधानमन्त्री बन्ने अपेक्षा छ, देशको समृद्धिका लागि के योजना छ ? देउवाका अघिपछिका डाक्टरहरूको अर्थशास्त्रले गरिबी हटाउन, रोजगारी बढाउने गरी कुनै योजना ल्याएन । ? त्यहाँ शेखरको डाक्टरीले कति रोगीको भलो ग¥यो । डा. शशांकको डाक्टरीले स्वास्थ्य क्षेत्रको सुधारमा कति इँटा जुटायो, काँग्रेसले भन्न सक्दैन । गगनको पुस्ता त कलेजदेखिनै भ्रष्ट हो ।

जसले स्ववियुहरूमा भ्रष्टाचार गर्न सिकायो । कुरा यिनैका चर्का छन्, फूर्ति यिनैको चर्को छ । आफ्नै निर्वाचन क्षेत्रमा ५ वर्षसम्म सडक पिच गर्न चासो नदिने गगनप्रति जनमोह घट्नु नौलो होइन । प्रचण्ड, नारायणकाजी, कृष्ण महरा, वर्षमान पुन, जनार्दन शर्माहरू किन पटक पटक संसदमा जानुप¥यो ? यी संसदमा पुगेर के चाहिँ प्रगति गरे १६ वर्षमा ? घुस यिनले कम्बल ओढेरै खाए अरुले खुल्लमखुल्ला खाए । फरक यही हो । माओवादी राष्ट्रवादी पनि भएन, देशभक्त पनि रहेन । कम्युनिष्टको बदनामी एमालेको केपी ब्राण्डले राष्ट्रघाती महाकाली सन्धिदेखिनै गरेको हो । ४१ महिना शासनका सहयात्री नेकपा बनेर साथ दिएका प्रचण्ड, माधव, झलनाथहरू नै हुन् ।

यिनकै नाममा मुलुकको सार्वजनिक सम्पत्तिको रक्षा कति भयो त ? सबैले देखेकै छन् । हामी देशभक्त हौं, हामीले राम्रो ग¥यौ, अरुले गरेनन् त्यसकारण हामी सबैथोक हौं भन्ने ठाउँमा देशका कुनै नेता छैनन् । जनताले यिनका लागि पछुतो मान्ने, निराश हुने ठाउँ नै बाँकी छैन । माधवको पार्टी त नयाँ रूपमा छ, त्यहाँ व्यक्ति पुरानै छन् । जनतालाई पदमा नपुग्दासम्म ढाटिन्छ । पदमा पुगेर बीचमा कुर्सी छाड्दाको पीडा त क्रान्तिकारी रामकुमारी झाँक्रीको तीन धारा आँसुले देखायो । भाद्र ३ गते नेकपा एसको वर्ष दिन । त्यसले यो वर्षमा मन्त्री फे¥यो । प्रदेश १ र बागमतीमा मुख्यमन्त्री पायो ।

तर कुनै नयाँ चमत्कार गरेन । पैसाको मोल तोल त्यहाँ उस्तै छ । आदर्शका कुरा त्यहाँ पातला भएका छन् । मन्त्री पद छाड्दा रामकुमारी रुने, प्रेम आले र किसान श्रेष्ठले पार्टी छाड्ने धम्की दिने कुनै गौरवको काम होइन । आखिर नेकपा एकीकृत समाजवादी, समाजवादको लक्ष्यमा छ भने अरु चरित्रको कुरामा विवाद किन गर्नुप¥यो ? रमिता जहाँ जसले जस्तो देखाए पनि भयो, जब जनताकाबीचमा समेत यिनको कुनै तर्क विश्लेषण पत्याइने खालको छैन भने चुनावबाट यी किन चुनिनुप¥यो ? देशको राजश्व १८ करोड चुना लगाएर एमालेका ओलीले मातृभूमिका लागि के नापेका छन् र यिनीहरूले नाप्छन् भन्ने कुरा विश्वास गर्ने ?