Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनताले दिँदैछन् जवाफ

राजनीति ठेक्का सधैं एउटैको प्रभुत्वमा चल्न दिनु हुन्न । युवा जमातले परिवर्तन खोज्छ । पुरानो पुस्ताले नयाँ पुस्ताको भावना सम्बोधन गर्दैन भने त्यहाँ परिवर्तनका लागि द्वन्द्व जरुरी हुन्छ । नेपालमा पार्टीको नेतृत्वमा जो पुग्छ उसले अरुलाई पालै नदिने प्रवृत्ति छ । सरकारमा पुग्नासाथ ठूला ठेक्का पट्टामा तीनको ध्यान जान्छ । काँग्रेस र एमाले यसका प्रमाण हुन् । मधेशको स्थिति त्यही छ । जहाँ अन्धविश्वास र कुरितीले समाज ग्रस्त छ । त्यो समाज सुधार्ने दायित्व लिएका मधेशी दलहरूले ध्यान दिन नसक्दा सिंहदरबारमै ठोकिन्नु पर्ने बाध्यता छ । संघीयता भनेको छ अधिकार छैन । समावेशी र समानुपातिक भनेको छ त्यहाँ विमलेन्द्र निधि, एकनाथ ढकाल, नारायण दाहाल, आरजु राणा, डा. प्रकाशशरण महतले सीट ओगटेका छन् । पाउनै पर्नेले नपाउने लोकतन्त्रको प्रतिफल सत्ताकै वरपर घुम्दा विद्रोह हुन्छ र भयो ।
चुनाव आएको छ, दलहरूको अवधारणापत्र सार्वजनिक भएका छन् । निर्वाचन प्रणाली नै समावेशी छैन भने चुनावमा एउटा दलले पूर्ण बहुमत लिएर सरकार चलाउन पाउने अवस्था नै हुँदैन । जब विभाजित फरक दलहरूकाबीचमा गठबन्धन हुन्छ त्यहाँ कसेको बाचाले काम गर्दैन स्थिति उस्तै हुन्छ । यसपटकको चुनावमा काँग्रेस र एमालेका भ्रष्ट र घमण्डी उम्मेदवारहरूलाई र एमाले जस्ता मतदाताले थान्को लगाउनुपर्छ । किनकि जेनजी पुस्ताको आवाज कुल्चने यिनै हुन् । जो काँग्रेसमा हामी भन्ने थिए एमालेमा म भन्ने अहंकारबाट ग्रस्त जनताबाट अपच शक्ति छन् । राष्ट्र राष्ट्रियता, स्वार्वभौम अखण्डताको रक्षा यस पटक झन् जरुरी छ । किनकि अमेरिकी प्लेट फर्मबाट चलेको रास्वपाभित्रै देशभक्तहरूको खडेरी नै छ । सैद्धान्तिक रूपमा जनआवाज बुझेर सम्बोधन गर्न तत्पर भएको पार्टीका रूपमा नेकपा आएको छ, गल्ती पार्टीले होइन नेताको चारित्रिक स्वाभाव र क्षमताले गर्दछ । चुनावी फण्डा दोक्ला ल्याएर जनतामा जानेहरूले निरन्तर शासक बन्दा कति काम गरेछन् त्यसको फेहरिस्त पनि आउनुपर्छ । श्रम संस्कृति र उज्यालो नेपाल पार्टीको भविष्य यही चुनावी परिणामले दिन्छ । तर रास्वपाको क्रेज काँग्रेस र एमालेको खञ्चुवा प्रवृत्तिले चम्काएको कुरा बुझ्नुपर्छ । प्रतिबद्धता पत्रले मात्र विश्वास उमार्ने होइन । नेतृत्वको त्यो व्यवहार प्रमुख हो । जो बारम्बार सत्ताको नायक बन्छ तर काम आफैंले स्वीकारेको प्रतिबद्धाबाट टाढा छ । किनकि चुनवामा भोट माग्न जाने जितेपछि जिल्ला जाने क्षेत्र बिर्सनेहरूलाई जनताले ¥याख¥याख पारेका श्रव्य दृष्य देखिएकै छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल