Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । यो देशमा पहिलो पटक राज्यबाट जनताले सेवा र सुविधा पाउने बजेट मार्फत नै आएको छ । करोडौ व्यवसायी गर्ने देखि खान लाउन धौधौ पर्ने सम्मले, शिक्षामा डिग्री होल्डर सानो कक्षाको विद्यार्थीले पाउने सुविधाप्रति सरकार विरोधीलाई मनपरेको छैन । यो देशमा आफ्नै हातमा डाडु-पुन्यू भए सबै कुरा ठिक हुने, अर्काले जनताको लागि ल्याएको बहू प्रतिस्थित योजनाहरुलाई गलत हुने भन्ने विरोधीहरुको बुझाइलाई सरकारले अवश्य चिरफार गर्ला । गरिब जनताले खान पाउनु, रोजगार जग्गाजमिन पाउनु, विद्यार्थीले सस्तो रिण पाउनु, बेरोजगारले सर्टिफिकेट राखेर सस्तो ब्याज पाउनु , विरोधीहरुलाई सहि हुदैन । यो सुविधा आफैले दिन पाए भ्रष्टचार गर्न पाउने थिए ।
आफन्त, आउरेभाउरे र धुपौरेलाई धनी बनाउन सकिन्थ्यो भन्ने सोच मात्र राखेपछि तल्लो वर्गले कहिले अघि बढ्ने, यो सरकारले लोकप्रिय बजेट ल्यायो हाम्रो साथमा जनता उभिदैनन् सरकारको पक्षमा मात्र उभिन्छन् । चुनावमा भोट माग्ने आधार छैन । नारा केही नहुने भयो भन्दै अर्काको विरोध मात्र गर्नु औचित्य नहुने कुरा इतिहासले देखाउने छ । आफ्नो कार्यकालमा केहि गर्न नसक्ने अरुले गर्दा रिस गर्ने परम्परा टोड्नु जरुरी देखिन्छ । ती निमुखा जनतालाई के मतलब कसको सरकार को प्रधानमन्त्री ? उनीहरुले पाउने सुविधा पाए भइगयो । नयाँ सरकार बनाएर बहुमत ल्याएर अझ सुविधा दिने आफ्नो कार्यकालमा कार्यकर्ता पोस्ने भन्दा जनतालाई पोसे अवश्य चुनावमा साथ पाउने छन् । यावत कुरालाई ध्यान नदिने, अरुले गरेको राम्रो कुरालाई जस नदिएर विरोध मात्र गर्नेलाई कसले दिन्छ भोट ? यीनीहरुलाई त चुनावमा बहिस्कार गरि जनताको सहयोगी र जनताको सुख दुख हेर्नेलाई जसले पनि जहिले पनि साथ दिन्छन् । यो कुरा विरोधीहरुले मनन गरे हुन्छ । जनतालाई न आन्दोलन गर्नु छ, न प्रधानमन्त्री फेर्नु छ, न कसैको पुच्छर भएर हिड्नु छ, खाली चाहिएको छ राष्ट्रले दिन सक्ने सुविधा । त्यही सुविधामा रमाएर जनता देशको हित चिताएर पक्कै अगाडि बड्ने छन् ।
तर यो देशको परम्परा अर्कै छ । भ्रष्टचार गर्न पाइएन आफ्नालाई च्याप्न पाइएन, लुट्न पाइएन भनेर सधै विरोध गरि देशलाई बन्धक बनाउने भन्दा विरोधीहरुले जनताको जीवन रक्षाको लागि ध्यान पुर्याउदा घाटा त अवश्य नहुने हो । जनता प्रति सधै टाढा रहने चुनावताका भोट माग्नलाई टुप्लुक्क ठूला-ठूला कुरा र भाषण गर्दै गाँउ पस्नेलाई जनताले बाकी राख्ने छैनन् । यो कुरा बुझेर पनि बुझ पचाउन खोज्नेलाई जनताले भोट त के कुरा गाँउबाटै बहिस्कार गरि देश र जनताप्रति बफादार हुनेलाई साथ दिएर अगाडि बडाउनु बाहेक अरु विकल्प देखिदैन ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल