Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनता जगाउन नेता पौडेल प्रदेश नम्बर ५ मा

भैरहवा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोश्रो चरणको जागरण अभियान अन्तर्गत प्रदेश नम्बर ५ को विभिन्न जिल्ला भ्रमण सुरु गरेका छन्। प्रदेश नम्बर ५ का रुपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, दाङ तथा बाँके जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए। दोश्रो जागरण अभियान अन्तर्गत प्रदेश नम्बर ५ का कार्यक्रममा सहभागी हुन पौडेल आज भैरहवा पुगेका छन्।
वरिष्ठ नेता पौडेललाई भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाली कांग्रेसका रुपन्देही सभापति अब्दुल रज्जाक, कपिलवस्तु सभापति सुरेन्द्रराज आचार्य लगायतका नेता कार्यकर्ताले स्वागत गरेका थिए। पौडेलको दोश्रो जागरण अभियान अन्तर्गतका विभिन्न कार्यक्रममा सरिक भएर असोज १० गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ। हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रममा वरिष्ठ नेता पौडेलले आज तौलिहवामा कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
वरिष्ठ नेता पौडेलले असोज ६ गते प्यूठानको जागरण कार्यक्रमलाई र ७ गते नेपाली कांग्रेस रोल्पा जिल्लाले आयोजना गरेको विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नुका साथै हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको समापन पनि गर्नेछन्। वरिष्ठ नेता पौडेलले ८ गते स्वर्गद्वारी हुँदै दाङ जाने र त्यहाँ हुने नेपाली कांग्रेसका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नेछन्। वरिष्ठ नेता पौडेलले १० गते दाङबाट नेपालगन्ज जाने छन् र त्यहाँबाट काठमाडौं फर्कनेछन्।