Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनता बेबकुफ बनाउने साझा एजेन्डा

सरकार बन्न जति सहज छ, टिकाउन उती नै सकस हुनेछ । किनकि पद र कुर्सी सर्वश्रेष्ठ भएको लोभी पापी चरित्र नै सत्ता टिक्ने र ढल्के कुरा प्राथमिकतामा पर्ने गरेको छ । बहुमत पुग्न १३८ चाहिन्छ तर तत्काल तपाई नै प्रधानमन्त्री माओवादीलाई छाड्नुस पुरै सरकार चलाउनु होस् भन्ने प्रस्ताव नेपाली काँग्रेसले रवि लामिछानेलाई नराख्ला भन्ने छैन । काँग्रेस र रास्वपाको १०८ मत छ । त्यहाँ जसपा १२, लोसपा ४, राप्रपा १४ जोड्दा १३८ पुग्छ । अस्थिरता रुचाउने जनमत क्षेत्रीय दल नागरिक उन्मुक्ति उतै मिल्न सक्ने धातु हुन् । जनताको सर्वोपरिता छैन । सरकारले काँग्रेसी चरित्र र शैली बुझेको छ । हिजो एमाले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको खोजी सम्बन्धी आयोग बनाउन र पीडित पक्षलाई राहत दिलाउने योजनाको खाका विरुद्ध थियो भने आज नेपाली काँग्रेस खडा छ । खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । काँग्रेसमा पनि पीडित छन्, एमालेमा पनि छन् । तर नेतालाई त्यो पीडाको ज्ञान छैन । २३४ वर्षे राजतन्त्र हट्यो । गणतन्त्रमा जनता चुस्ने र टोल टोलमा नयाँ राजा खडा भए । जनप्रतिनिधिका रुपमा खडा भएका ती राजा पाल्न हरेक कुरामा कर लगाउने जनतालाई नदिने लोकतन्त्र त जनताले खोजेको थिएन । तर नेताको चरित्र सुध्रिएकै छैन ।
प्रचण्ड प्रधानमन्त्री उनकै सन्तान राजकुमार र राजकुमारी हुने केपी प्रम हुँदा त्यही ताल शेरबहादुर देउवा त झन् राणा खलकका ज्वाइँ । डा. आरजुको हस्तक्षेप हरेक मन्त्री र नेताले लिएका मन्त्रालयमा हुन्छ । राजनीतिको कुरा यहाँ छैन । जनार्दन अर्थमन्त्री बन्दाको समयमा डा. आरजुको कम्पनीले भिœयाएको सेनेटरी प्याडमा १ प्रतिशत कर लिने जुन निर्णय गराइयो त्यो यथावत छ । डा. प्रकाशशरणले त्यो कर शुन्यमा झारेका छन् किन ? नेपाली कम्पनीले १५ देखि २५ प्रतिशत कर तिर्दा त्यसको मूल्य सस्तो हुन्न । जनताको सर्वोपरिता यहाँ छैन । यदि सर्वोपरिताले महत्व पाउँथ्यो भने जन सरोकारका एजेन्डा दलय गठबन्धनले समाउँथ्यो । प्रचण्ड सरकारको नेतृत्व गर्दा जनताले सोचेको महंगी नियन्त्रण, कालो बजारमाथि राज्य कठोर हुने सक्थ्यो । तर त्यो सरकारले जनतासँग चासो दिएन । बजार हस्तक्षेप गर्न सकेन । किनकि प्रधानमन्त्रीदेखि मन्त्री र टाठाबाठा सांसदसम्म कालो बजारले पालेका पात्र छन् । गुण्डा राज नियन्त्रणमा आएको छ । भित्रभित्र अपराधी र गुण्डाहरू नेताका लगानीकर्ता छन् । एमाले, माओवादी, माधव नेपाल, उपेन्द्र यादवहरू संघीय लोकतन्त्र र गणतन्त्रका संरक्षण चाहन्छन् भने किन कार्यगत एकता वा वाममोर्चा पार्टी एकताका लागि किन तयार भएन ?
माओवादीको अवस्था त अब भरपर्दो भएन त्यो पार्टीका कुनै पनि नेता जनप्रिय भएनन् । गुट बनाएर लुट्ने र आफन्तकै विश्वास गर्ने हिजो सँगै बन्दुक उठाएको योद्धा बिर्सने स्वार्थीहरू छन् । प्रचण्डलाई परिवारवादी भन्नु स्वाभाविक हो । उनले छोरी गंगालाई स्वकीय सचिव राखेका छन् । ज्वाइँ मोरङबाट माननीय बनाए । भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्ष ब नाए । ४ वर्ष माओवादी संवैधानिक परिषद्का सदस्यमा माओवादी हुने भयो । उनले उर्मिला अर्याललाई ढाटे । पहिले उनलाई अध्यक्ष बनाउने भनेर फुरुक्क पार्ने उनै हुन् । पार्टीमा यस्तो घात गर्नेको राजनीति जोगिन्छ कसरी ? त्यही कारण प्रचण्डलाई मोर्चा वा पार्टी एकताको खाँचो भयो । रातारात काँग्रेसलाई लात हातेर एकाएक एमालेसँग मिल्न पुगेका छन् । हिजो एमाले पनि लात खाएकै हो । सहि साध्य नहुँदा ओलीले सराप्नुसम्म सरापे । जसपालाई सरापियो त्यसैसँग मिल्नु पर्ने बाध्यता एमालेलाई पनि थियो । गठबन्धन फेरिएपिच्छे साझा कार्यक्रम ल्याउने प्रतिबद्धता पूरा नगर्ने झूट, ढाँट, छलका पारखीहरूकै छ । मुलुकमा रमाउने अवस्था । सहिद बढाउने अर्थतन्त्र लुछ्ने क्रान्तिकारीता नै प्रचण्डको सत्ता र कुर्सी टिकाउने अस्त्र हो ।