Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनस्वास्थ्य प्रयोगशालामा प्रभुको काउन्टर

काठमाडौँ । प्रभु बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्ककोे एक्सटेन्सन काउन्टरको उद्घाटन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले एक समारोहका बीच गरेका छन् । नेपाल राष्ट्र बैङ्क तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैङ्किङ कारोबार प्रभावकारीरूपमा सञ्चालन गरिरहेको प्रभु बैङ्कले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैङ्कको एक्सटेन्सन काउन्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैङ्कको एक्सटेन्सन काउन्टरबाट प्रवाह गरिने बैङ्किङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरूले प्रभु बैङ्कको गुणस्तरीय बैङ्किङ सेवा उपभोग गरी लाभान्वित हुने बैङ्कले विश्वास लिएको छ ।