Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनार्दनको प्रस्ताव ओझेलमा

काठमाडौं । माओवादीको नेतृत्वमा अध्यक्ष प्रचण्डको एकछत्र राज देखिँदा अब पार्टी नेतृत्वमा आउन वडा तहबाट हरेक नेता चुनिनु पर्ने तर्क प्रस्तुत गर्नेहरूलाई अध्यक्ष प्रचण्डले झन् अग्रगामी एजेन्डा प्रस्तावको रुपमा ल्याएपछि छटपटी भएको छ । उपमहासचिव जनार्दन शर्मा पार्टीको नेतृत्वमा पदाधिकारी, स्थायी समिति सदस्य रहेका छन् । उनको छटपटी सत्तामा सहभागीताका लागि नै केन्द्रीत छ । भन्न त जनार्दनका योजनामा भन्दा पनि तत्कालिन आवश्यकतालाई ध्यान दिँदै दैनिक १८ घण्टाको लोडसेडिङ हटाउने र क्षमता भएको प्राविधिकलाई विद्युत प्राधिकरणको कार्यकारी पद सुम्पने तत्कालिन सरकारको मुल उद्देश्य थियो । प्रधानमन्त्रीमा प्रचण्ड भएकै कारण सरकार र पार्टी दुवैतिर दबाव थियो । माओवादीकै आँटले लोडसेडिङ हट्यो । प्राधिकरणको भद्रगोल बुझेका कुलमानले जिम्मेवारी पाए । आफैं खटेर कुलमानले नै सरकारको इज्जत बचाए । अहिले विद्युत बेचिँदैछ । जनार्दनले उज्यालो अभियानका नायक बन्न पाए । तर अर्थमन्त्री बन्दा जनार्दन काँग्रेसी भाउजुको सेवक भए । यिनै जनार्दनले पार्टीका सबै पदमा निर्वाचन हुनुपर्दछ भनेका हुन् । जुन कुरा माओवादीमा पुरानो भइसकेको हो । पार्टीको अधिवेशन गर्न नेतृत्व चयनमा अध्यक्ष सर्वसम्मतको एजेन्डाका हकदार जनार्दन थिए । माओवादीभित्र गुट उपगुट छन् । ती गुट उपगुटले जनवर्गीय संगठनलाई भुत्ते बनाएका छन् । प्रचण्ड सरकारको तेस्रो पटक प्रधानमन्त्री बन्दा कुरा धेरै नगर्ने, काम धेरै गर्ने भन्दै थिए । तर उनको बोली र व्यवहार फेरियो । रिवन काट्ने भाषण गर्ने कुरामा उनी डुबेका छन् । नेकपाको कालमा केपी ओली काम थोरै प्रचार र हल्ला धेरै गरेका थिए । यस पटक सरकारले भ्रष्टाचारमा चुर्लुम्म भएकाहरूमाथि कारबाही गर्ने प्रक्रिया शुरु हुँदा काँग्रेस बाधक बन्छ । काँग्रेससँग सत्ता गठबन्धन गर्ने माओवादीका जनार्दन र वर्षमानहरूले काम गरेका गृहमन्त्री नारायणकाजीको खुट्टा तान्छन् र पार्टी एक ढिक्का छ भन्छन् ।
कतिपय नेता केन्द्रीय सदस्य बन्ने हैसियतका छैनन् । वरिष्ठलाई सम्मन, युवालाई नेतृत्वमा ल्याउन दबाव जहाँ त्यहाँ छ । तर माओवादीभित्रको गुट उपगुटले पार्टीलाई चुस्त बनाउनु पर्ने बाध्यता खडा गरेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी चलायमान बनाउनुपर्छ तर नेतृत्वमा प्रचण्ड नै हुनुपर्छ भन्दैछन् । पदका लागि भएका नेता सबैलाई ठाउँ चाहिएको छ । मन्त्री पदको लोभ सबैलाई छ । तर सरकारमा गएर काम देखाउने थोरै छन् । यस पटक माओवादीका मात्र होइनन् काँग्रेसका नालयाकहरूले काम गरेका छैनन् । प्रधानमन्त्रीले कामको क्षमताले नम्बरिङ गर्दा समेत सभापति शेरबहादुर भ्रष्टकै पक्षमा छन् ।

सरकारको इज्जत, मन्त्रीको सम्मान छैन
माओवादीले गत वर्ष आठौं अधिवेशन ग¥यो,त्यो अधिवेशनले अध्यक्ष सर्वसम्मत गरेर अरु पदको व्यवस्थापन गर्ने जिम्मा अध्यक्षकै काँधमा सुम्पियो । नेतृत्वको दाबी गर्ने तागत कसैमा भएन । डा. बाबुराम पार्टी अध्यक्ष बन्ने रहर गरे पनि स्थिति उनको पक्षमा थिएन । मोहन वैद्यको हालत त्यही थियो ।
आफ्ना एजेन्डाको रक्षा गर्ने माओवादीको बल कमजोर छ । माओवादीका नाममा डा. बाबुराम, मोहन वैद्य, गोपाल किराँती, नेत्रविक्रम चन्दसम्मले पार्टी छाडेर प्रचण्डको भट्टे सराप गर्नु नै माक्र्सवाद ठाने । सबै पदमा निर्वाचन हुँदा फरक टीम बनाएर प्रतिस्पर्धा गर्ने हैसियतमा धेरै छैनन् । माओवादी कमजोर बनाउन सक्रिय भएका युरोपेली युनियनको डलरले बाँचेका जनजातिका नाममा अवसर लिने चरित्रहरूलाई भने सबै पदमा चुनाव गर्ने व्यवस्था घाँडो हुने छ किनिक त्यहाँ सामन्ती चरित्रका नेता धेरै छन् जनार्दन शर्माले प्रदेश, स्थानीय तहलाई आधिकारीकता दिनुपर्छ भनेका छन् उनको कुरामा अध्यक्षले विमती जनाएका छैनन् ।
माओवादी जाने आउने भइहरन्छ । यस पटक पार्टी केन्द्रीय सदस्य नै ३ अंक अर्थात् १९९ जनाको बनाउने भनिएको छ । तर केन्द्रमा पुगेकाले तल्लो तहमा नजाने विगतको रोग यो विधान अधिवेशनले नियन्त्रण गर्ने कुरामा धेरैलाई विश्वास छैन । माओवादी पार्टी जस्तो छ जनवर्गीय संगठन त्यस्तै छन् । पार्टी गतिहिन छ । अध्यक्षको चाकडी गरेर पार्टीको पद कब्जा गर्ने तर ठाउँ पर्दा घात गर्ने उमेरले नेतो काट्यो । तर पार्टी सचिव पद नछाड्ने लम्पट पनि छन् । कुनै पनि संगठन र जिल्ला प्रदेश तहका पार्टी कमिटीमा संख्या धेरै, संगठन भद्दा हुँदा कामले गति लिँदैन । १० वर्र्षे युद्ध गरेको पार्टी स्थानीय तहहमा १२१ प्रमुख चुनिनु संसदको हालत त्यस्तै देखिनु नेतृत्वमा आएको विचलन नै हो । संगठानिक रुपमा पनि माओवादी बलियो भएको जिल्ला औंलामा गन्ने मात्र छन् । तर त्यसले मौका पाउँदा कस्ता मान्छे च्याप्छ भन्ने कुरा विवादित चरित्रका ल्हारक्याल लामा हुन् । जो व्यक्तिको माओवादीका निम्ति कहिल्यै सिन्को भाँचेको रेकर्ड छैन । माओवादीको संगठन खस्किएको छ । जसको अनुभव जे छ त्यो ठाउँमा विज्ञता भएका व्यक्तिलाई भन्दा घुस कसले दिन्छ, लुटमा कसरी सहभागी हुने भन्ने बाहेक माओवादीका अवसरवादीहरूको ध्यान छैन । अध्यक्ष पद प्रचण्डले तिकडम गरेर प्राप्त गरेका थिएनन् । हिजो चन्द्रप्रकाश गजुरेल जस्ताले अध्यक्ष पद खोजे पनि समयलाई हाक्न नसक्ने ठानेर नै मोहन वैद्यले प्रचण्डलाई अगाडि सारेका हुन् । अहिले मोहन वैद्य पार्टीबाट छुट्टीएर माओवादी शब्द हटाएर क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाएर लेटरप्याडमै रमाएका छन् ।