Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनार्दनमाथिको कारबाहीबाट पछि हटे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकारले अबदेखि पार्टी निर्णयको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन्। चार वर्षअघि काठमाडौंमा भएको आठौँं महाधिवेशनमा महासचिवका दाबेदार रहेका उनले आफूलाई छेकिएको भन्दै त्यसयता माइन्युटमा हस्ताक्षर गर्न मानेका थिएनन् ।
तर गत शुक्रबारदेखि सोमबारसम्म चलेको स्थायी समितिको बैठकमा लामो छलफलपछि उनी पार्टी माइन्युटमा सही गर्न तयार भएको पार्टी प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए । उहाँले माइन्युटमा हस्ताक्षर गर्छु भन्नु भएको छ। छलफलपछि उहाँले त्यसबारे महसुस गर्नु भएको छ, सापकोटाले भने, उहाँले स्थायी समितिका सदस्यहरू र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका कुरामा महसुस गर्नु भएको छ। जनार्दनले गत साउन ६ गते मनमोहन अधिकारीबाहेक अरू सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू लुटमा लागेको भनेर दिएको अभिव्यक्तिबारे छलफल गर्दै जाने कुरा भएको सापकोटाले बताए । साउन ६ गते दिएको अभिव्यक्तिबारे आत्मआलोचना त गर्नु भएको छैन । त्यसबारे उच्च जनवादी वातावरणमा छलफल गर्दै जाने कुरा भएको छ, सापकोटाले भने ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल