Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेकपासहितको एकता प्रक्रियामा आफू सहभागी नहुने प्रस्ट पारेका छन्। प्रचण्ड निवासमा आइतबार पुगेर शर्माले एकता प्रक्रियामा आफू सहभागी नहुने बताएर फर्किएका हुन्। अहिले तपाईँहरूसँग आउँदिन। आफैँ संघर्ष गर्छु । प्रचण्डबिना मलाई के अप्ठ्यारो पर्दो रहेछ म पनि हेर्छु, शर्माको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, तपाईँलाई पनि म बिना कस्तो हुन्छ महसुस गर्नुस्, पछि आवश्यक पर्यो भने मिलौँला, अहिलेलाई बिदा भएँ। यसअघिको भेटमा आक्रोशित हुने गरे पनि हिजोको भेटमा सौहार्दपूर्ण रूपमा प्रस्तुत भएका थिए। शर्माले शनिवार बसेको सचिवालय बैठकमा पनि एकता प्रक्रिया तत्काल स्थगित नगरे आफू सहभागी नहुने प्रस्ट जानकारी गराएर हिँडेका थिए। नेतृत्व परिवर्तनलाई अस्वीकार गर्दै माओवादी आन्दोलनको पहिचान मेट्ने गरी हुने एकता स्वीकार्य नहुने अडान छ। शर्माले राखेको लिखित प्रस्तावमा भनिएको छ, ‘यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु । आफू पार्टी छाडेर जानेभन्दा पनि यसैलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा रहेको भन्दै प्रचण्डलाई घरकालाई छाडेर जान भन्ने, अनि बाहिरबाट ल्याएकाबाट पार्टी बन्छ ? भन्दै प्रश्न गरेका थिए।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल