Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जन्मदिनको केकले उठाएको विवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएसँगै उनको चर्चासँगै आलोचना समेत शुरु भएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्रीद्वारा केक बोक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको र नेपालको नक्शा अंकित केक काटिएको विषयमा आलोचना भएको छ ।
केहीले प्रधानमन्त्री ओलीज्यूले लिम्पियाधुरा विनाको नेपालको केकलाई चक्कुले काट्दै टुक्राटुक्रा बनाएर खाएछन् भनेर व्यंग्य गरेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार आफ्नो ६९ औं जन्मोत्सव तेह्रथुम इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका हुन् । प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि आज आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।
उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी भएका थिए ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल