Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जन्मदिन मनाएर फर्किदा कार दुर्घटना, एकको मृत्यु

काठमाडौं । पेप्सिकोलामा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु हुन् । प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार बिहान साढे ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते उनलाई ट्रमा सेन्टर लग्दा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार गोभाजुसहित ७ जना सवार बा १० च २८६४ नम्बरको कार मुलपानीबाट जडिबुटीतिर आउँदै गर्दा पेप्सिकोला काठमाडौं–३२ वडा कार्यालय अगाडि अनियन्त्रित भएर रेलिङमा ठोक्किएर दुर्घटना भएको हो । गाडी क्षत्‌विक्षत् हुने गरी भएको दुर्घटनामा गोभाजुको मृत्यु भएको छ भने अर्का एकजनाको हातमा चोट लागेको छ । अन्यको अवस्था सामान्य छ । चालक २० वर्षीय वीरेन्द्रराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठले दिएको बयान अनुसार उनीहरु मुलपानीमा साथीको जन्मदिन मनाएर फर्किदै थिए ।


सम्बन्धित समाचार