Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जन्मस्थानका लागि पशुपतिको ३० हजार

गायक पशुपति शर्माले आफ्नो गृह जिल्ला स्याङ्जाका जनताका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । शर्माले कोरोनाका कारण समस्यामा परेका आफ्नो जिल्लाबासीका लागि भनेर उक्त रकम सहयोग गरेका हुन् । उनले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले संचालन गरेको आपतकालिन राहत कोषमा आर्थिक सहयोग गरेका हुन् । कोरोना महामारीको समयमा जिल्लाबासीको सहयोगमा आफूपनि जोडिन पाउँदा खुशी लागेको उनले बताएका छन् । ‘मलाई कलाकारको रुपमा स्थापित गराउन स्याङजाबासीले दिएको मायालाई सम्झदै थोरै भएपनि हातेमालो गरेको हुँ’ शर्मा भन्छन् । उनले कोरोना महामारीको यो विषम परिस्थितिमा आफ्नो राष्ट्र अनि जन्मस्थानका लागि सबै एकजुट हुनपनि आग्रह गरेका छन् । कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा शर्मा यतिबेला स्याङ्जास्थित घरमै समय बिताईरहेका छन् ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल