Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबज छिरेपछि नेकपामा भाँडभैलो

काठमाडौं । सत्तारुढ नेकपामा राजनीतिक दस्तावेजको विवाद फेरि बल्झिएको छ । गत वर्ष आफ्ना पूर्व मान्यतालाई थाती राख्दै ‘जनताको जनवाद’ राजनीतिक सिद्धान्तमा सहमती जुटाएर पार्टी एकता गरेका शीर्ष नेता फेरि यही विवादमा फस्न पुगेका हो । गत बर्ष असार २ गते बालुवाटारमा आयोजित स्थायी समितिको पहिलो बैठकले टुंगो लगाएको राजनीतिक दस्तावेजबाट पछाडि फर्केर अहिले फेरि अध्यक्ष केपी शर्मा ओली र उनी निकट नेताहरूले ‘बहुदलीय जनवाद’ नै हुनुपर्ने तर्क गर्न थालेका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको कार्यललले तयार पारेको मस्यौदा स्थायी समितिबाट पारित गरेर सम्पादनसहित प्रकाशन गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिइएकोमा करिब १४ महिनापछि शनिबार सचिवालयको बैठकमा यसले फेरि प्रवेश पाएको छ ।
सैद्धान्तिक विषयमा पुनः छलफल आरम्भ भएसँगै नेकपामा कचपच सुरु भएको हो । एक बर्षसम्म कुनै छलफल नभएको राजनीतिक दस्तावेजको विषय एक्कासी फेरि प्रवेश हुनुलाई नेताहरुले अर्थपूर्ण ठानेका छन् । केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिट्ब्यूरो गठन, केन्द्रीय निकायहरुको निर्माण, प्रवासका संगठनहरु गठन, बाँकी जनसंगठनहरुको एकता जस्ता कुराहरुमा आफू अप्ठेरोमा परेको आँकलन गरेर अध्यक्ष ओलीले बीचैमा राजनीतिक दस्तावेजको विषय निकालेको आरोप पूर्व माओवादी पक्षधरको रहेको छ ।
शुक्रबार अपरान्ह अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा अध्यक्ष ओलीले आफूमाथि साथीहरुको दबाब बढेको उल्लेख गर्दै पार्टीको राजनीतिक दस्तावेजमा पूर्वएमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद (जबज) नै लेखेर जाऊँ भन्ने प्रस्ताव राखेकाको बताइएको छ । उत्तरमा अध्यक्ष प्रचण्डले कुनै हालतमा त्यसो गर्न नसकिने जानकारी ओलीलाई दिएका थिए । त्यसपछि ओलीले सचिवालय बैठकमा थप छलफल गर्न प्रस्ताव गरेका थिए । जसअनुसार शनिबारको सचिवालय बैठकमा यो विषयले प्रवेश पाएको थियो ।
शुक्रबार बालुवाटारमा ओलीसँगको अनपेक्षित कुराकानी तितो भएपछि प्रचण्डले बाटोबाटै आफूनिकट केही नेताहरुलाई आकस्मिक रुपमा खुमलटारमा बोलाएका छन् । जहाँ उनले ओलीसँग भएका कुराकानी ब्रिफिङ र आगामी यात्राको छलफल हुने बताइएको छ ।


सम्बन्धित समाचार