Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबरजस्ती करणीको अभियोगमा पक्राउ

पर्वत । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोदी गाउँपालिका-५ घर भएका प्रकाश विकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशलाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको उक्त कार्यालय जनाएको छ ।