Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जर्मनको होटलमा गगनको लगानी

काठमाडौं । नेपालको श्रोत लुट्ने र विदेशमा लगानी गर्ने प्रतिस्पर्धीहरूलाई सरकारले अब ०८२÷८३ को बजेटबाट राहत दिएको छ । गरिब देशका धनी नेता र उत्पादन गरेर कर छल्ने व्यवसायी भएको देशको राष्ट्रियता बच्नैन, सार्वभौम अखण्डता जोगिँदैन । कम्युनिष्ट पार्टी श्रमजीवी वर्गको पक्षपाती काँग्रेस हरेक क्षेत्रमा समाजवादको बाटोमा हिँड्छ भन्ने चर्चा पुरानो भयो ।
नेपाल कम्युनिष्ट राज्यश्रोत दोहन गर्न सफल छन् भन्ने कुरा नेकपा एमाले र त्यो पार्टीका नेताको रहन सहन, बोली व्यवहार हो । एमाले कुनै पनि नेताले पैत्रिक सम्पत्ति बेचेर राजधानीमा घर र पजेरो खरिद गरेका होइनन् । त्यो रोग काँग्रेसबाट सरेको हो । प्रधानमन्त्री केपी ओलीको बालकोट दरबार होस् वा शेरबहादुर देउवाको बुढानिलकण्ठ दरबार राज्यको श्रोत दोहनले बनेका हुन् ।
पूर्व प्रमका नाताले आफ्नो सुविधाका लागि आफैंले ऐन बनाएर देश लुट्न सफल नेतृत्वले गरिब देशको जनतासँग जबर्जस्त लिएको करबाट उद्योग खोल्दैनन् । रोजगारी बढाउँदैनन्, भएका उद्योग निजीकरण गर्ने बेरोजगारहरूसँग पैसा अशुल्ने कहिले नक्कली भुटानी शरणार्थी त कहिले भिजिट भिसामा विदेश पठाउँदा मच्चाएका लुटका बारेमा सुन्ने निकाय छैन । काँग्रेसको युवा आशा लाग्दो नेता महामन्त्री गगन थापाले जर्मनमा होटलमा लगानी गरेको कुरा गैर आवासाीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले बताएका छन् । उनले गगन, सभामुख र राष्ट्रपतिलाई जोडेका छन् । प्रधानमन्त्री केपी ओलीकै कम्बोडिया टेलिकममा लगानी भएको समाचार आयो । थापाको जर्मनमा ५ अर्ब यो पैसा एनसेलको घुस हो ।
नेपालमा एनसेल कम्पनीको ३६ अर्ब राजश्व तिर्दैन । त्यसका मालिक शतिलाल गुरुवाचार्य कम्बोडिया टेलिकमका लगानीकर्ता छन् । नेपालको कर छल्न प्रधानमन्त्री ओलीले नै सघाएका कारण एनसेलले कम्बोडिया टेलिकमको शेयर केपी ओलीलाई दिन सक्ने आधार प्रशस्त छ । प्रधानमन्त्रीले यस पटक नेपालको राजश्व छलेर विदेशमा लगानी गर्नेहरूलाई सहज वातावरण बनाइदिएका छन् ।

 


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल