Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जर्मनी र स्पेनको आज ९.४५ मा बहुप्रतीक्षित खेल

काठमाडौं । युरो २०२४ मा जर्मनीले आज स्पेनको आतिथ्य गर्दैछ र यो प्रतियोगिताकै बहुप्रतीक्षित खेल हुनेछ । फेरि यो प्रतियोगितामा सबैभन्दा राम्रो खेलिरहेका दुई टिमबीचको खेल पनि हुनेछ । यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

यो खेलको विजेताले मंगलबार म्युनिकमा हुने सेफिाइनलमा फ्रान्स अथवा पोर्चुगलको सामना गर्नेछ ।

यसपल्टको युरोमा दुवै टिम सर्वाधिक गोल गर्ने टिम हुन् । स्पेनले ९ र जर्मनीले १० गोल गरेको छ । दुवै टिम सर्वाधिक आक्रमण बुन्ने पनि हुन् ।

स्पेनले युरो मात्र होइन्, विश्वकपमा पनि अहिलेसम्म आयोजक देशको चुनौती नकआउट चरणमा समाप्त पार्न सकेको छैन ।

स्पेन प्रतियोगितामा अहिलेसम्म सबै चार खेल जित्ने एक मात्र टिम हो । उसले क्रोएसिया, इटाली, अल्बानिया र जर्जियालाई हराएको हो ।

जर्मनी पनि अपराजित छ । उसले स्कटल्यान्ड, हंगेरी र डेनमार्कलाई हराएको छ भने स्वीटजरल्यान्डसँग बराबरी खेलेको छ ।

सन् १९८८ को युरोयता जर्मनीले स्पेनलाई ठूलो प्रतियोगितामा हराउन सकेको छैन ।

यी दुई टिमबीच अहिलेसम्म २६ खेल भएका छन् । त्यसमध्ये जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ ।

जर्मनीले युरोका सबै ६ क्वाटरफाइनल जितेको इतिहास छ । स्पेनले भने ९ क्वाटरफाइनलमध्ये ६ खेलमा हार बेहोरेको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल