Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । काँग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टीजसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले बहिस्कार गर्दै आउनुभएको छ ।
गठबन्धनले चितवनको भरतपुर, काठमाडौँको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसक्यो । तीन ठाउँकै चुनावी सभालाई यी दुई नेताले भने बहिस्कार गर्नुभएको छ ।
उहाँहरूले पार्टीका दोस्रो तहका नेताहरूलाई भने चुनावी सभामा पठाउने गर्नुभएको छ । जबकि, काँग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नै चुनावी सभामा सम्बोधन गर्न खटिरहनुभएको छ । उहाँहरूले गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिरहनुभएको छ ।
तर, जसपाका यी दुई नेता भने गठबन्धन दलकै चुनावी सभामा नगई गृह जिल्लामा खटिनुभएको छ । उक्त पार्टीका एक नेता राज किशोर यादव दुई अध्यक्ष किन गठबन्धनको संयुक्त चुनावी सभामा जानुभएको छैन रु त्यसबारे थाहा नभएको बताउनुहुन्छ ।
दलका अन्य शीर्ष नेता त चुनावी सभामा देख्छु तर हाम्रा पार्टीका दुई अध्यक्ष गएको देख्दिनँ । यसबारे उहाँहरूलाई नै किन जानु नभएको भनेर सोध्नुहोला”, यादवले भन्नुभयो, “तालमेललाई लिएर केही असन्तुष्टि होला कि
शुक्रवार जसपाका सङ्घीय परिषद् अध्यक्ष डा।भट्टराईले तालमेलबारे असन्तुष्टि जनाउनुभएको थियो । “पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ”, अध्यक्ष डा। भट्टराईको असन्तुष्टि ट्वीटरमा पोखिएको थियो ।
असन्तुष्ट भएकै कारण उहाँले संयुक्त चुनावी सभा बहिस्कार गरेको देखिएको छ । र, गृह जिल्ला गोरखा पुगेर उहाँ आफ्ना पार्टीबाट उम्मेदवार बनेकाहरूलाई मत मागिरहनुभएको छ । त्यहाँ गठबन्धन दलहरूबीच तालमेल भएको छैन ।
पार्टी अध्यक्ष यादव पनि असन्तुष्ट भएरै संयुक्त चुनावीमा सभालाई सम्बोधन गर्नेभन्दा पनि मोरङ पुगेर छोरा अमरेन्द्रलाई मत मागिरहनुभएको छ ।
अमरेन्द्र विराटनगर महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार हुनुहुन्छ । त्यहाँ पनि गठबन्धनमा समस्या छ । माओवादीकी नमिता न्यौपाने बागी उम्मेदवारी बन्नुभएको छ । गठबन्धन दलहरूबीच तालमेल व्यावहारिक रूपमा राम्रो नभएपछि असन्तुष्ट मात्रै नभए संयुक्त चुनावी सभालाई नै बहिस्कार गरेर यादव मोरङमा क्रियाशील हुनुभएको हो
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल