Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रचण्डको कार्यसैलि प्रति हरेक नेताहरु सशंकित हुनु स्वभाविक हुन सक्छ किनकि पालैपालो गरि आफ्ना सहकर्मि र पर्तीस्पर्धामा आउनेलाइ पाखा लगाउने कुरामा प्रचण्ड पोख्त छन् भन्ने कुरा सबैलाइलाई अबगतै भएको हुनुपर्छ किनकि बाबुराम भट्राइलाई पाखा लगाएर आफु शक्तिमान हुन खोज्दा आफैलाई घाटा भएको कुरा प्रचण्डलाई के मत्लब हुन्थ्यो र? साथसाथै मनबैध किरणले पाउदा पाउदैको महामन्त्री पद प्रचण्डलाई दिएर सर्भसक्शक्तिमान बनाएका थिए। बैधका इच्छा आकांक्षा र पर्टीका सैद्दान्तिक कुरा प्रचन्डले लत्याएर बैधलाई पनि पार्टीबाट बाहिर फालियो। त्यति मात्र नभएर क्रान्तिकारी धारका नेत्र विक्रम चन्दलाइ पनि पार्टीबाट खेदियो त्यसपछि एमाले पार्टीलाइ आफ्नो पार्टीमा पार्ने हैसियत देखाइ एमालेमा हजारौ नेता लाखौ कार्यकर्ताको सुझाव नलिकनै बाध्यतामा पारेर नेता र कार्यकर्ताको मन दुखाइ एमाले पार्टीमा बिलय भइ ए नेकपाका दोस्रो सिढीका अध्यक्ष भइ ३,४ वर्ष नेकपाका पहिलो अध्यक्ष केपी ओलीसँग अँघालो मारेर एक ढिक्का भएर साथ साथै हिडेका थिए यो धेरै समय टिक्न सकेन। पछिल्लो समय यी दुइ अध्यक्ष बिच पद र कार्यबिभाजनको लोभले गर्दा दुइ चिरामा परिणत हुन पुग्यो अहिले पार्टी फुट भैसकेको अवस्था छ। प्रचण्डसँग माधव नेपाल पछि लागेर हिडेका छन्। माधव नेपाललाइ पक्कै थाहा हुनु पर्ने हो कति नेता कार्यकर्तालाइ बाइपास गराइ यो ठाँउमा प्रचण्ड आइपुगेका हुन् । त्यस्ता मान्छेको पछि लाग्दा मेरो हबिगत कस्तो हन्छ भन्ने कुरा उनले सोच्नु पर्ने हो तर उनले सोचेनन् उनले मुलधार र मुल पार्टी छोडेर प्रचण्डको काँध थाप्दा करिब करिब एक वर्ष पछाडि उनको हैसियत पनि बाबुराम, बैध, नेत्र विक्रम चन्दको जस्तो हैसियत होला भन्न सकिदैन त्यसैले माधव नेपालले बेलैमा सोच विचार गरि अघि बढ्न उचित देखिन्छ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल