Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘जातको प्रश्न’ ले महानायकमाथि प्रश्न

काठमाडौं । अभिनेता राजेश हमाल विवादमा तानिएका छन् । समता फाउन्डेसनको लगानीमा हमालले सञ्जालन गर्दै आइरहेको कार्यक्रम ‘जातको प्रश्न’ का कारण उनी विवादमा तानिएका हुन् । केही समयदेखि हमाल प्रस्तोता रहेको कार्यक्रम ‘जातको प्रश्न’ उत्पादन र प्रसारण गरिँदै आएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा अतिथिहरुले नेपालमा भइरहेको जातीय विभेद र छुवाछुतका बारेमा आफ्नो धारणा राख्दै आएका थिए । हमालले सञ्जालन गरेको कार्यक्रमले हिन्दूत्वमाथि आँच पुर्‍याएको भन्दै कार्यक्रमको विरोध भएको छ । सामाजिक सञ्जालमा क्रिश्चियनको लगानीमा नेपालमा हिन्दू धर्ममाथि प्रहार भएको भन्दै टिप्पणी हुन थालेको छ ।

कार्यक्रमको विरोध जनाउँदै राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाएका छन् । विरोधमा उत्रिएकाहरुले नेपालीमा धार्मिक हिंसा भड्काउन कार्यक्रम सञ्चालन गरेको आरोप लगाएका छन् । यो कार्यक्रममा क्रिश्चियन एड नेपालको लगानी रहेकाले यसलाई जोडेर कतिपयले नेपालमा जातीयतामाथि प्रहार गर्नका लागि यो कार्यक्रम ल्याएको टिप्पणी गरेका छन् ।

यता समता फाउन्डेसनले भने एक विज्ञप्ति जारी गर्दै कार्यक्रमले कुनै निश्चित जात, धर्म, लिंग तथा क्षेत्रप्रति पूर्वाग्रह नराखेको जनाएको छ । कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको र युट्युबमा समता फाउन्डेसनको आधाकारिक च्यानलबाट प्रसारण गरिएको ‘जातको प्रश्न’ मा नेपालमा वर्ण व्यवस्था, समाजमा दलितमाथि हुने छुवाछुत जस्ता प्रश्नहरु सोध्ने गरिन्छ ।


सम्बन्धित समाचार