Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जात्रा त एमालेको अब पो देखिने भयो त ?

पाएको मौकाको सदुपयोग गर्न नसक्दा नेकपा एमालेमा विग्रह आयो अध्यक्ष केपी ओलीको एकाधिकारले नै एमाले ध्वस्त भयो । ओली गुटको नेताका रुपमा महाधिवेशनबाट निर्वाचीत भए । बामदेव गौतम इश्वर पोखे्रल ओली गुटमा लागेर माधवको विरोध गरे । तर कार्यकर्ताले ओलीलाई पदाधिकारीमा बहुमत दिएनन् । आफ्नो हातको काम अरुलाई सहज कसैले बनाउदैन । ओली कठोर चरित्र विचार र कानूनको ख्याल नगर्ने गुटका नेता भए पार्टीका नेता बन्न सकेनन् । ओलीको पछि लागेकाहरु देशका भ्रष्ट विदेशका गुप्तचर भएकै छन् । नपत्याउँदा चरित्रका विष्णु पौडेलको हिजोको अवस्था र आजको रजगज हेरे पुग्छ । इश्वर पोख्रेल त पार्टी र देशका सूचना भारत र दरबारलाई बुझाएर पैसा लिने, सांसद पदको टिकट बेच्ने, बदनामहरुलाई एमाले बनाउने पार्टीका लागि जीवन दिएका भन्दा तस्कर र माफीयाको पक्ष लिने चरित्रका नेता हुन् ।

दलभित्रको कलह, कानून विपरितका निर्णयहरु गर्न केपी ओली अग्रसर छन् । ओली नेकपाको सत्यनास गर्ने प्रमुख पात्र भएका छन् । ओलीले संसदीय दलको बैठक बसेर सरकारमा जनपक्षीय काम गर्न रुचाएनन् । ओलीका ४१ महिना नेपाली जनताका लागि अन्धकार भयो । भ्रष्टचार ओली समूहको मुल लक्ष बन्यो । विश्व महामारी कोरोनाले देश आतंकीत हुँदा इश्वर पोख्रेल ओम्नी समूहलाई अगाडि सारेर लुटिरहेका थिए । पोखे्रलले हात हालेका ठाँउ कतै स्वच्छ भएनन् । त्यस्तो चरित्रलाई पार्टीको महासचिव बनाउने नेकपा एमालेको केन्द्रदेखि जिल्ला तहसम्म कस्तो सञ्जाल रहेछ त्यो खोज्नु पर्दैन । ओलीलाई बहुमतको नेकपाको सरकार चाहिएको हो । उनले प्रचण्डसँग पार्टी एकता गरे । माओवादी मिले पछि नेकपा भयो । त्यसले दुई अध्यक्ष राख्यो । प्रधानमन्त्री आधा आधा हुने संझौता गर्ने ओलीले व्यहारमा इमान्दारिता देखाएनन् । उनी अध्यक्ष पनि भए प्रम पनि भए । पार्टी कहाँ छ कस्तो छ त्यो ओलीका लागि चासो भएन ।

मुलुकको यो स्थितिको कारक केपि ओली र उनलाई उचाल्ने इश्वर पोख्रेल, अग्नी खरेल, विष्णु पौडेल, प्रदिप ज्ञवाली, शंकर पोखे्रलहरु हुन् । हाटहुटे चरित्रले घान लगाएर काम देशको भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रीत हुने धेरै छन् । नेकपा विभाजन हुदैनथ्यो भने पाँच वर्ष प्रतिपक्षमा थन्केको काँग्रेस सकृय हुने नै थिएन । कम्युनिष्ट आचारण विरुद्ध ओली गुटवाद भारदारबादमा लाग्दा यो स्थिति आएको हो । ओलीले मात्र जानेका छन् षड्यन्त्र अरुले जान्दैनन् झै हनुमानहरु लागे । २८० विघा जग्गा सट्टा पट्टा गर्ने स्वीकृत दिदा ओलीको शुद्दता देखियो । बाईडवडी भुत्तानी, एति होल्डीङ्ग, थामसेर्कू, हिमालयन एयर, नेपाल ट्रष्टको जग्गा भाडा काण्ड ओम्नी जस्तो काण्ड ओलीले जनताको बहुदलीय जनवादको ढाँचामा स्थापित गरेका हुन् ?

कम्युनिष्टको नाउमा गर्ने मनपरीमा ओलीलाई छुटछैन । तर उनले बोलेका कुरा कानून सरह मान्ने अपराध दबाउने अवस्था अब भएन । अहिले दलविभाजनको अध्यादेशले एमालेलाई घाटा पुर्याउछ । पदबिना ५ वर्ष टिक्न नसक्ने बामदेवको स्वार्थ पनि राम्रैसँग उदाङ्ग भयो । श्रीमतिलाई ओली समूहमा पठाएर आफू एमाले र माओवादी बीचमा पून एकता गराउने घोषणा गरेपनि एमाले नै फुट्यो । ४१ महिने कालारात्री त गयो । टालुटल गरेर सत्ता टिकाउने बानी परेका शेर बहादुर देउवा काँग्रेसका ६१ माओवादीका ५४ जसपाका २० स्वतन्त्र १ गरी १३६ सांसदका नेता हुन् उनलाई बहुमत पुग्न २ जना सांसद जरुरी पर्छ । संसदमा विश्वासको मत पाउन उनलाई कठिन भएन । १६५ सांसद त्यहाँ थिए । माधव पक्षले दिएको २२ मत नै ओली ८३ मा खुम्चनु पर्ने बनायो ।

आफ्नै कारण आई लागेको संकट गुटको स्वार्थमा पार्टी लरवरिदा नेतृत्व गम्भीर भएन । नेपालका कम्युनिष्टहरु जुट्न भन्दा फुट्न रुचाउछन् । हिजो सिद्दान्त नीति र व्यवहारमा एकले अर्काेलाई आरोप लगाए । आज बहुमतको सरकार ४१ महिनाको एकतान्त्रिय शासन चलाउँदा ढल्यो । त्यहाँ आरोप लगाउने ठाँउ आफ्नै पार्टी संगठन र गुटभित्र केन्द्रीत हुँदा सत्ता पनि गयो । पार्टी पनि ओलीले फुटाए । भ्रष्टचार नीतिगत रुपमा स्थापित गराए, सर्वहारा श्रमीक वर्गलाई लोप्पा दिए सिद्दान्त आचरण र शैली पद्दति त्यागे । त्यसकै फल अब एमाले विभाजनबाट देखिदैछ । धारा १७६ (५) को सरकार बन्न सघाउने सांसदलाई कारबाही गर्न मिल्दैन भनिएको छ । जात्रा त एमालेको अब पो देखिने भो त ?


सम्बन्धित समाचार