Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जापानको अनुदान खोप नेपाल आइपुग्यो

काठमाडौं । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । खोप बोकेको कतार एयरवेजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई अनुदान दिने भनेको १६ लाख डोज खोप मध्ये तीन लाख डोज खोप आज नेपाल आई पुगेको हो । बाँकी करिब ५ लाख डोज आइतबार आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाँकी ८ लाख खोप भने पानी जहाजमार्फत आउने जापानी दूतावासले जनाएको छ । सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय गरिसकेको छ । कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापानले उपलब्ध गराएको खोप लगाउने सरकारको तयारी रहेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल