Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जापानी प्रधानमन्त्रीले दिए राजीनामा

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजीनामा दिनुभएको छ । स्वास्थ्यको कारण देखाउँदै आवेले पदबाट राजीनामा दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ६५ वर्षीय आवे केही वर्षदेखि पाचन सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समय स्वास्थ्य अवस्था झन गम्भीर भएका कारण आवेले राजीनामा दिनुभएको हो । आफ्ना कारण सरकार सञ्चालनमा समस्या नहोस भनेर उहाँले राजीनामा दिनुभएको जापानको सार्वजनिक प्रसारण एनएचकेले जनाएको छ । उहाँ जापानको इतिहासमा सबैभन्दा धेरै समय पदमा रहने प्रधानमन्त्री हुनुहुन्छ ।