Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जितु र दीपक महजोडीको यस्तो सुझाव

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला र हास्य अभिनेता जितु नेपालबीच सम्बन्ध चिसिएको लामो समय भइसकेको छ । लकडाउनको समयमा ‘मुन्द्रेको कमेडी क्लव’शो दीपा बाहिरिएपछि उनीहरुबीच मनमुटाव बढेको हो । हरेक फिल्ममासँग सँगै काम गर्दै आएका दीपा र जितु यहि शोबाट फाटो आएपछि दीपाले निकालेको होलीको गीतमा जितु परेनन् । दीपाले आफैले गाएको गीतमा सबै कलाकार अटाउदा जितु नपरेपछि उनीहरुबीच गहिरो मनमुटाव भएको कुरा बाहिर आयो । मुन्द्रेको कमेडी क्वलबाट दीपाश्री निकालिएपछि यसको असर दीपाश्री निरौला, दीपकराज गिरी, केदार घिमिरे लगायतसँग जितुको सम्बन्धमा दरार आयो । किनभने हरेक कार्यक्रम तथा फिल्ममा उनीहरुको सहकार्य हुदै आएको थियो । अवका फिल्ममा जितु नरहने हल्ला समेत बाहिरिएको छ । जितुले एक टेलिभिजनको अन्तरवार्तामा केहि आफुमा गल्ति भएको स्वीकार गरेका छन् । छक्का पञ्जाका टिमले परिचित हाँस्य कलाकार केदार घिमिरेले केहि दिन अघि आफ्नो जन्मदिन धुमधामका मनाए । उनको जन्मदिनमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल लगायत कलाकार तथा पत्रकारको सहभागिता रहेको थियो । केदारको जन्मदिनको शुभकामना दिन पुगेका मह जोडीले सबैलाई मिलेर अगाडी बढ्न सुझाव दिए । हास्यकलाकारमा कुनै प्रतिष्पर्धा नहुने भन्दै अहिलको अवस्थामा मिलेर जान आग्रह गरे ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल