Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जितौरी आदेशमा दम्ब नै चर्को

काठमाडौं । स्वार्थको खेतीमा रमाउने र पैसाले पद पाउने अवस्थाले नेकपा एमाले ग्रस्त बन्दैछ । पार्टीको ११औं महाधिवेशन भयो केन्द्रीय सदस्यदेखि पदाधिकारी चुनिए । तर उनीहरू अघिकांश अध्यक्ष केपी ओलीका दाश र हनुमान नै छानिए । यसका लागि ओली टम निल भएका जिल्लामा जबर्जस्त प्रतिनिधि छनोट दोहोरियो । ओलीकी जय भन्नेको बहुमत भएको थाहा पाएर नै अष्टलष्मी शाक्य, युवराज ज्ञवाली पार्टीको कुनै ठाउँमा बसेनन् । महाविधेशनकै बेला ओलीका भजनभण्डलीका वृद्ध केशव बडालले पनि नयाँ पुस्ताको पालो भनेर सक्रिय राजनीतिमा हुन्न पार्टी सदस्य भए पुग्छ भन्ने भ्याए । उनी दशौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष थिए । तर त्यो आयोगले पार्टी कार्यकर्ता बालिका खड्का, शोभा पाठक जस्ताको खुलमखुला पीडा भोगेको केन्द्रदेखि प्रदेश र जिल्लासम्म फैलिएको आक्रोश अनुशासन आयोगको कानमा परेन ।
बरु तिनै पीडकहरू एमाले पार्टी सचिवमा निर्वाचित भएका छन् । संगठन विभागको प्रमुख भएर ओली आदेशमा चलेका काशिनाथ अधिकारीले सक्रिय राजनीति त्यागेको घोषणा गरेका छन् । पदाधिकारीहरूको सवालमा अध्यक्ष ओली महिला मैत्री बन्न सकेनन् । नत प्रदेश तहबाट नेतृत्वमा ल्याउनु पर्ने उम्मेदवार खडा भए नत क्षेत्रीयता जातियताको वैधानिक अपरिहार्यतालाई ख्याल गरियो । ओलीका लागि त्यागी र निष्ठावान भन्दा दलाल र हनुमानहरू जरुरी छन् । जहाँ तस्कर, भ्रष्ट माफियासमूहको जगजगी छ । एमाले ओलीको पहिलो कार्यकाल पार्टी जनता र प्रदेशप्रति केही सकारात्मक थियो । दोस्रोमा आउँदा पार्टीका संस्थापक खेद्ने थाल्यो । पार्टी फुट हुनुमा विचार, सिद्धान्त र कार्यक्रमको लडाइँ थिएन । केबल ओलीलाई मान्नु पर्ने ओलीको मन गडन्ते प्रस्ताव र उडन्ते योजनामा थपडी बनाउनुपर्ने दबाव थियो । आफू भष्मासुर हुने कसैले प्रश्न उठाए लखेटिनु पर्ने बाध्यता त्यहाँ खडा भयो । आज गुरु बराल, विष्णु रिमालले चुनाव हार्नु, केशव बडाल, काशीनाथ अधिकारीले चुनाव लड्ने आँट नगुर्न पार्टीमा बड्दै गएको एकल हैकमवाद हो । ओली राजनीतिक प्राणी हुन् कि होइनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ । एमाले नेता, कार्यकर्तालाई कसैले छोयो भने जहाँ हुन्छ त्यहींबाट विद्रोह गर्नु भन्ने ओलीको जितौरी आदेश अर्को दम्ब हो ।
विधानमा जे लेखिए पनि हुने एकल व्यक्तिको स्वार्थले विधान हेर्दा ओलीका दास बन्न रुचाउने प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यमा चित्त बुझाएर थन्किए । शंकर पोखरेल जस्ता पाखण्डीलाई महासचिव बनाउनकै लागि रातको मतदान रोकियो । प्रतिस्पर्धी ईश्वर पारखेललाई पराजित गर्नु नौलो होइन । उनले प्रतिस्पर्धीलाई सपथ ग्रहण र जितौरी सभामा पनि बोलाएनन् । पार्टी विभाजन हुनबाट जोगाएको हुँकार त्यही पनि पिटे । उपाध्यक्ष विष्णु पौडेललाई ओलीको विश्वास अझै छैन । त्यही कारण उनको महासचिव हुने रहर पूरा गर्न ओलीले चाहेनन् । काँग्रेससँगको गठबन्धनपछि ओलीसँग आफ्ना दाशहरू गोकुल बास्कोटा टाढिए, कृष्णगोपाल श्रेष्ठ टाढिए, माधव ढुंगेल बाहिरिए, पूर्वी प्रदेशमा हिक्मत कार्की र शेरधन राईलाई पार्टीको सचिव दिनै प¥यो । त्यसले मधेश र सुदूरपश्चिममा एमालेको संगठनलाई झन कमजोर हुने अवस्था सिर्जना गरेको छ ।


सम्बन्धित समाचार