Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रधानमन्त्री ओली झन् झन् कठोरकाठमाडौं । नेकपा एमालेका बादशाह अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफ्नो स्वार्थका खातिर कतिसम्म नांगै हुन्छन् । उनी पछि समाज छ । त्यो समाजमा कानुन जानेका र राजनीति गरेका अरु पनि छन् । नकेपा एमाले र केपी ओलीको मात्र नेपाल राज्य हैन । राज्य व्यवस्थाको स्वरूप लोकतन्त्रात्म्क गणतन्त्र, समावेशीकरण हो भन्ने बुझ्न प्रधानमन्त्रीले सक्दैनन् । देश समावेशीकरणमा गयो तर एमाले र काँग्रेसले देश कता लग्दैछन् त्यो जनताले देखेको छ ।
संवैधानिक अंगमा आफ्ना सबै ल्याउनका लागि प्रधानमन्त्रीले चलाएको अस्त्र आफैं खिया लागेको हतियार भइसक्यो । त्यो हतियारका रूपमा संसदका उपसभामुखको जागिर खोसेर त्यहाँ काँग्रेसको प्रतिनिधित्व गराउने ओलीको योजनामा भिजिट भिसा प्रकरणका नायक गृहमन्त्री रमेश लेखकको बर्खास्ती त परेन परेन काँग्रेस उपसभापति धनराज गुरुङको सहकारी ठगी प्रकरण पर्ने कुरै भएन । मन्त्री पदमा छँदै जापानमा मानव तसकरी गर्ने कोशी प्रदेशका लिलाबल्लभ अधिकारीको पद गयो कारबाही भएन । अञ्जला कोइरालाको सहकारी लुटको कथा आफ्नै छ । जापानजानेसँग ३१ लाख उठाउने एमालेकै कार्यकर्ता थिए । यो भ्रष्टीकरणमा एमालेमा ओलीका भक्त काँग्रेसमा देउवाको सर्वश्रेष्ठले सघाए पनि विवेक भएकाहरूको साथ थिएन ।
प्रधानमन्त्री ओलीले आफ्ना लागि जे पनि गर्छन् । लोकप्रिय बन्न बुट्टे योजना ल्याउने र संघीयता, समावेशीताको जह्रो किलो फाल्ने गरी तीनले बनाएका योजना उपसभामुख विरुद्धको हस्ताक्षर काण्ड तुहिए जस्तै हो । एमालेका उनका दाश र हनुमान धेरै छैनन् । पूर्व राष्ट्रपतिमाथि उनले चलाएको कैंची मोरङ जिल्ला कमिटीले खिया लगाइदियो । जबकि त्यहाँ प्रमको राज चल्थ्यो । शेरधन राईले बोल्न सकेनन्, गुण्डाका नायक परशुराम बस्नेतलाई खटाएर फेसबुक काण्ड प्रचार गरियो अब मोरङमा एमाले बचाउने तिनै गुण्डा बस्नेत भएका छन् ।
समावेशीतामा काँग्रेस, एमाले नांगै भएको प्रमाण हो यो । देश लुट्ने तिनै, गणतन्त्रमाथि प्रहार गर्ने केपी ओली र डा. आरजु भएपछि संविधानको मर्म र भावनाको कदर कहाँ हुन्छ ? जुन देशमा सत्ताको अपराधमा प्रेसले प्रश्न उठाउँदा प्रहरीको साइबर ब्यूरो लगाइन्छ । लोकप्रियतावादका पक्षधर केपी ओली छन् भने लोकतन्त्रका पक्षधर काँग्रेसका डा. शेखर, माओवादी, रास्वपा, नेकपा एकीकृत लगायतका शक्ति छन् । यिनै ठालुको बदमासीका कारण रास्वपा जनमत, नागरिक उन्मुक्ति आए । अहिले सत्ताका कारण जनमत र नाउपाले आफ्नो पहिचान ओलीको पाउमा पु¥याए । जसको लाइन छैन त्यसैलाई साथ दिने एमालेको अोली गुटको चरित्र हो । दलीय मोर्चा सत्ता स्वार्थका बन्दैछन् । त्यही कारण प्रमले साना दलको साथमा हामी दुई तिहाई छौं, हामीले जे गरे पनि यो बेला कानुन सम्वत हुन्छ भन्दै नांगिने काम गरेका हुन् । ओली महाराजलाई हजुर नांगै हुनुहुन्छ भन्ने आँट एमालेका पानी मरुवा पदाधिकारीहरूको छैन । त्यसैले राज्यले मनपरी गरेको हो । यो साम्राज्यका विरुद्ध काँग्रेसका विद्रोहीहरूले आँट गरेका हुन् ।
आफ्नाले मानव तस्करी गरे पनि छूट पाउने, अरुले अन्तर्वार्ताका लागि समय मिलाइदिन चिठी लेख्नु अपराध ? आफैंले भुटानी शरणार्थी प्रकरण गराएको खुलम खुल्ला घोषणा गर्दा एमालेमा प्रश्न उठ्दैन किन ? त्यही कारण त्यहाँ विद्या भण्डारीको खाँचो भएको हो । एमालेका अध्यक्ष एवं प्रम केपी ओलीले गर्ने धन्दा यस्तै हुन्छन् । जसले महाकालीमा राष्ट्रघात गर्न पार्टी प्रयोग ग¥यो, पैसा आफैंले कुम्ल्यायो ।
एउटैले दशकौंसम्म लुट्ने र स्वार्थगत निर्णय गर्दाकै कारण एमालेमा ओलीको विकल्प खोजियो । काँग्रेसको हालत त्यही छ । माओवादीका प्रचण्डको धरातल छैन । हरके चुनावमा स्थान परिवर्तन गर्न उनी बाध्य छन् । ससदलाई लुटेराकै अखडा बनाएका यी शक्तिहरू आज यसरी नांगै हुन्छन् भन्ने जनतामा थिएन । एमाले, काँग्रेसभित्रै सास भएका केही छन् तिनले ओलीको उडन्ते योजना पत्याएनन् ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल