Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जी टिभीमा काम गर्ने पत्रकार एन्जिना यसरी परिन फन्दामा

काठमाडौं । आफूलाई पत्रकारको परिचय दिएर ठगी गर्दै आएकी एन्जीना कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत जनसेवा, काठमाडौंका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलबहादुर मल्लले नेपाल प्रेसलाई जानकारी दिए ।
एन्जिना लामो समय देखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा र त्यसपछि हिमाललय टेलिभिजनमा काम गरेकी थिईन । अहिले भने भारतको जी टिभीमा नेपालबाट सम्वाददाताको रुपमा काम गर्दै आएकी थिइन् । उनले केही दिनअघि मात्रै जी टिभीबाट विश्राम लिएकी हुन् । तर पत्रकारिता पेशाको नाममा ठगी गर्दै आएको पाइएको छ । उनको यस्तो ठगी धन्दामा उनीसहितको एक समूह रहेको प्रहरीले जनाएको छ ।
पक्रउपछि एन्जिना कार्कीलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखिएको र अनुसन्धान जारी रहेको डीएसपी मल्लले बताए । कार्कीका विरुद्ध मंसिर २१ गते १५ लाख ठगि गरेको भन्दै ज्ञानेन्द्र शर्माले उजुरी दर्ता गरेका थिए ।