Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका(१४ लखन पार्क नजिक रोल्पाली सृष्टी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा रोल्पा रुन्टिगढी गाउँपालिका(६ निगलपानी बस्ने ५३ वर्षीय दुर्गा पुन सहित ९ जनालाई नगद १ लाख ७१ हजार ५ सय ८० रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
स्याङजा, पुतलीबजार नगरपालिका(१० राङखोला बस्ने रन बहादुर गुरुङको आँधीखोला रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई नगद ४८ हजार ६ सय रुपैयाँ सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका(५ तारानगर बस्ने बहादुर सिंह खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(५ बस्ने ४९ वर्षीय मोहन भट्ट लगायत ५ जनालाई नगद १ लाख ३६ हजार ४ सय २० रुपैयाँ र ४ गड्डी तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल