Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवातास खेल्ने पक्राउ

काठमाडौं । कीर्तिपुर नगरपालिका–१० ट्याङ्लाफाँटस्थित रसिका रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा कीर्तिपुर नगरपालिका-५ बस्ने ३८ वर्षीय रुपेन महर्जन समेत १३ जनालाई ३ बुक तास र नगद ५ हजार ७९ हजार ६ सय ६० रुपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-४ गणेश टोलस्थित गगन ताम्राकारको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने धादिङ त्रिपुरेश्वर गाउँपालिका-६ घर भएका ४७ वर्षीय हरि पाण्डे लगायत ७ जनालाई नगद ३० हजार ९ सय ७० रुपैयाँ र ४ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार