Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवा खादबाछ ३८ जना पक्राउ

काठमाडौं । काठमाडौं, नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगा चोक घर भएका ७० वर्षीय बच्चु पुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नैकाप बस्ने मकवानपुर थाहा नगरपालिका(१० घर भएका ३९ वर्षीय शक्ति मगर लगायत १० जनालाई नगद ५७ हजार ४ सय ६० रुपैयाँ र १ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लमजुङ, राईनास नगरपालिका-७ गरमबेशी बस्ने गणेश गुरुङको धन्सारमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका(७ बस्ने २५ वर्षीय दिपेन्द्र पराजुली लगायत २८ जनालाई कौडा र नगद १ लाख ७१ हजार ६ सय १२ रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।