Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवा खालबाट समातिए आठ भाइ

मकवानपुर । मकवानपुर हेटौंडा उपमहानगरपालिका ८ मैदा टोलमा जुवातास खेलिरहेको अवस्थामा २२ हजार ५ सय ४५ रुपैयाँ र १८ बुक तास सहित ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका ८ मैदा टोल बस्नेहरु २७ वर्षीय रामेश्वर राई, २६ वर्षीय अशोक थापा, ३३ वर्षीय चित्र शिवभक्ति, २२ वर्षीय सुमन थापा, २८ वर्षीय सुदिप अर्याल, ३२ वर्षीय सागर राई, २९ वर्षीय आकाश बिष्ट र सोही उपमहानगरपालिका ४ कमल डाँडा बस्ने ३० वर्षीय बिजय राई रहेका छन् । उक्त ठाउँमा तास खेलिरहेको सूचनाको आधारमा बागमति प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार