Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवा खालबाट समातिए यतिधेरै

काठमाडौं । कैलाली, गोदावरी नगरपालिका-७ लालपुर बस्ने बीरबहादुर वलीको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर ओली लगायत २८ जनालाई १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैयाँ, २ हजार २ सय ७० भारतीय रुपैयाँ र तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी ९पूर्व०, देवचुली नगरपालिका-६ मुण्डेस्थित आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा देवचुली नगरपालिका-९ बस्ने ४२ वर्षीय कोचिन बहादुर गुरूङ लगायत १८ जनालाई नगद १ लाख ४२ हजार ९ सय ४० रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१५ मिलनचोक डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएका २९ वर्षीय निम बहादुर भण्डारीको कोठामा तास खेलिरहेको अवस्थामा भण्डारी सहित ५ जनालाई नगद ७४ हजार ५ सय ६० रुपैयाँ र २ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।