Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवा तास खेल्ने १७ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका-१० सामाखुसीस्थित बल बहादुर भट्टचनको विशाल मल्टी स्पोट्स फुटसलको पहिलो तलामा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने नुवाकोटका हाल स्वयम्भू बस्ने २६ वर्षीय शिव गुरुङ लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय रुपैयाँ र १२ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलस्थित टहराबाट जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ३६ वर्षीया काली शेर्पा लगायत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ६ सय १५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।