Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जेठ २ को बटम लाइनले एमालेमा भाँडभैलो

काठमाडौं । आज जेठ २ गते । ०७५ जेठ २ मा फर्किने विषयमा विवाद हुँदा नेकपामा फेरि भाँडभैलो मच्चिने हो कि भन्ने आशंका बढेर गएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको विवादले फेरि नयाँ रुप लिएको हो । ओली समूह जेठ २ २०७५ को अवस्थामा फर्कन नमानेपछि विवाद देखिएको हो । जेठ २ बाट टेकेर जाऔं भन्दा ओली फेरि नयाँ ढंगबाट जान कार्यदल बनाएर सुझाव लिएर बढ्ने पक्षमा देखिएका छन् । प्रधानमन्त्री ओलीका सल्लाहकार डा। राजन भट्टराईले जेठ २ मा फर्कन नसकिने र २८ फागुनमा ओलीले लिएको निर्णय पनि फिर्ता हुन नसक्ने बताइसकेका छन् । यसअघि ओली जेठ २ मा टेकेर जानेबारे सकारात्मक बनेका थिए । तर, धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बनेपछि ओली फेरि माधव नेपाल समूहलाई पेलेरै जाने रणनीतिमा पुगेको देखिदैछ । ओलीले माधव नेपालसहित ४ नेतामाथिको कारबाही मात्र फुकुवा गरेका छन् । एमालेको नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीलाई यथावत् राख्न मानेका छैनन् । पदाधिकारीमा ओलीको भन्दा नेपाल समूहको बहुमत छ । त्यसैले उनी त्यसलाई पुर्नजिवित गर्न चाहिरहेका छैनन् ।


सम्बन्धित समाचार