Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जेनजीका एजेन्डा र घामट प्रवृत्ति

असन्तुष्टि र अक्रोश विष्फोट हुँदा देशले रु ८४ अर्ब भन्दा बढी नोक्सानी व्यहो¥यो । तर त्यसको मुल कारक बनेको नेकपा एमालेका अहंकारी र दम्बी अध्यक्ष केपी ओलीलाई मतलब छैन । जेनजी पुस्ताका १९ जना विद्यार्थीको लासको खलियो लगाएर नपुगी बालुवाटारमा चार सुरक्षा समूहका प्रमुखलाई धम्क्याउँदै आन्दोलनकारीलाई गोली ठोक्न आदेश दिँदा तिम्रो सत्ता रक्षा र तिमीहरूले चम्काउने भ्रष्टाचार संरक्षण गर्न जनतामाथि गोली बर्षाउन सकिँदैन भन्ने सुरक्षा प्रमुखहरू केही अवकाश गए, कोही अझै कार्यरत छन् । आफू बाहेक अरुलाई मान्छे नगन्ने यस्तो घामटका चेलाहरू गुण्डाका रुपमा, यौन लम्पटका रुपमा, भ्रष्टका रुपमा, तस्करका रुपमा खडा छन् । जेनजी सरकारका निर्णय आफैंमा ठोस, परिपक्व छैनन् । सरकारका निर्णय काँग्रेस, एमाले कार्यकर्ता नै न्यायाधीश भएको अदालतले उल्टाउँदैछ । भ्रष्टहरूको पैसामा चल्ने न्यायाधीशहरूले संस्थागत बेथितिलाई पार्टीकरण भए गरेकोमा शंकोच मान्दैनन् । काँग्रेसकी कुलायनलाई जसरी बदनाम गरियो त्यो बदनामी र घेराउमा केपी ओली पर्ने अवस्था थिएन । उनी सेनाको शरणमा परे, बचे । सरकारी निवास छाड्दा हिजो तिनै गुण्डाहरूको ¥यालीसहित आफ्नो दरबार प्रवेश गरेका ओली पछिल्लो पटक साथीहरूलाई बालुवाटारमै छाडेर कुदेकोप्रति कुनै विष्मात छैन । आफ्नो गल्ती स्वीकार्न नसक्ने अहंकारीलाई बोकेर नेकपा एमाले कसरी के भन्न चुनावमा जान्छ ?
ओलीलाई राजा बनाउन र देशको सम्पत्ति उनको स्वार्थमा प्रयोग गर्न बहुमत दिनु भन्न लाज लाग्नु पर्ने हो । कथित दुई तिहाईको पौरखले देश बेथिति बाहेक केही भएन । भ्रष्टाचारको नीतिगत व्यवस्थापन एमाले काँग्रेसले गरे । देशका युवासँग लाखौं अशुलेर भिजिट भिसा प्रकरण चम्काउँदा नेता जोगिने कर्मचारीमाथि कारबाही हुने नयाँ सिद्धान्त प्रतिवादन गर्ने दुई तिहाईको दम्बले सर्वोच्च अदालतका न्यायमूर्तिहरूलाई पनि प्रभाव पार्न सक्छ भन्ने कुरा रु ८ अर्ब ६७ करोड भन्दा बढी भ्रष्टाचारभएको पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणका दोषी प्रदीप अधिकारीको रु ५ लाख धरौटी पनि नमूना लायक नै छ । ओली शासनको कालो दिन कालो रातको हिसाव छैन । जसको अहंकारमा देश खरानी भो, उही जोदाहा साढे जस्तो व्यवहार गर्छ । केपी ओली संविधान, कानुन भन्दा माथि छन् । उनले सरकारलाई मान्नै पर्दैन । आफ्नो रजाइँ २४ घण्टे आन्दोलनले खोसेको कारण आज ज्यानै सुरक्षाका लागि गुण्डा र डनको विश्वास गर्नु पर्ने बाध्यता किन भयो भन्ने पछुताउ पनि तीनमा छैन । सरकार पनि राजनीतिक तहमा बेखवर छ । यो सरकारले जे जस्तो सम्झौता ग¥यो त्यसलाई कार्यान्वयन गर्ने गराउने तिनै दलहरूले हो । जेनजी आन्दोलनले ल्याएको परिवर्तन स्वीकार नगर्ने नेकपा एमालेको ओली ब्राण्ड यही हैकम र हुकुममा चल्छ भन्ने छैन, भ्रष्टाचारका मुल कारक नै नेकपा एमाले र काँग्रेस हुन् ।
राजनीतिक रुपमा संवैधानिक अंगहरूमा दलीय प्रभाव पार्ने काम भएको छ । नयाँ सोच, नयाँ अवधारणामा अगाडि बढ्नका लागि पुरातन लुटाहाहरूलाई कठिन छ । जसले मनपरी गर्दै आयो, देशमा सकारात्मक समाजको परिकल्पना गरेन । जनता परिवर्तनको पर्खाइमा छ, नेता नीतिगत लुटमै रमाएको छ । जेनजी पुस्ता शिक्षा र स्वास्थ्य मात्र होइन रोजगारीका नयाँ ठाउँको खोजीमा छ । यो सरकारको काम चुनाव गराउने, प्रशासन निष्पक्ष चलाउने र भ्रष्टाचारको छानविन गर्ने वातावरण सिर्जना गर्नु हो । भ्रष्टाचारी धेरै छन् । यहाँ संवैधानिक निकायहरू पंगु छन् । जहाँ पनि राजनीतिले ग्रस्त संस्थाहरू छन् । तिनले आफ्नै उद्देश्य, लक्ष्य समेत बिर्सेका छन् । संघियता, गणतन्त्र, समावेशिताको मर्म र भावनामाथि दुई तिहाईले देखाएको तस्वीर पनि जेनजी आन्दोलनका एजेन्डा भएका छन् । नेतृत्व शुद्ध हौ पारदर्शीता अवलम्बन गर निष्पक्ष हौं हरेक ठाउँमा राजनीतिकरण नगर भन्दा अपराध मान्ने दम्बीहरूको पालो पुग्यो । संसद पुनस्र्थापना गर्ने र पुनः विद्रोह चम्काउने योजना कसैको छ भने त्यस्तो मुख्र्याइ नराखे हुन्छ । एमाले, काँग्रेसका न्यायाधीशले पार्टीको आदेश मानेर जनमत विरुद्ध फैसला दिन पनि सक्छन् । जहाँ जेनजी आन्दोलनको निहुँमा माफीया, भ्रष्ट, अपराधीले आगजनी गर्दा इतिहास डढेको छ । जेनजी सरकारले आन्दोलनकारीसँग सम्झौता ग¥यो । त्यसको कार्यान्वयन स्वीकारेको छैन, त्यस्तो शक्तिलाई पार्टीमा र संसदको निर्वाचनमा पराजित गर्न जेनजी समूह कति सफल हुन्छ, मुल प्रश्न त्यो हो । आज यो सरकारले गरेका सम्झौता कार्यान्वयन गराउने दायित्व अर्को सरकारमा जान्छ । तर त्यसको आवाज स्वीकार्न नसक्नेलाई पुनः सत्ताको बागडोर दिलाउने वातावरण बन्नु हुँदैन । भ्रष्टाचार, बेथितिको चाङमा रमाएको दुई तिहाईको दम्ब नेतामा केन्द्रीत थियो भने डर गुण्डाहरूमा पनि उस्तै छ । यो सत्य देखेका र बुझेकाहरू आगामी निर्वाचनमा कुन रुपमा देखिन्छन् ? काँग्रेसको भ्रष्ट समूह र एमालेको नीतिगत लुटाहा टोली संसदीय राजनीतिमा एक चरण थन्कनैपर्छ ।

 


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल