Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेकाहरूले नै जेनजीका नाममा ज्ञापनपत्र मस्यौदा गरेर बुझाउन लगाइरहेको दाबी गरेका छन् । गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँग छलफलका क्रममा ओलीले सरकारमा रहेकाहरुले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु हो भन्ने बुझेको आरोप लगाए । ओलीले विभिन्न नामका जेनजी समूह खडा गरेर सरकारले तमासा देखाएको जिकिर गरे । ओलीले भने, यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको छ । त्यसका निम्ति जेनजीहरुलाई संगठित गर्ने, जेनजीहरूका मागपत्र लेखिदिने, उनीहरूलाई बोलाएर मागपत्र पढाउने, हातमा मागपत्र थमाउने, जेनजीको डेलिगेसन बोलाउने, सन्चारकर्मीका अगाडि जेनजीले सरकारलाई दबाब दिए ल के गरौं ? भनेर सरकार एकदमै दबाबमा परेको छ र भनेर देखाउने काम भइरहेको छ । जेनजीहरूका नाममा यो कलाविहीन नाटक चलाइएको छ । मलाई थाहा छ त्यो जेनजीको नाममा मस्यौदा कसले लेखेको हो, कहाँ बोलाएर पढाइयो, त्यसको अर्गनाइजर को हो सबै थाहा छ । बिना पैसा अहिले यी तमासा हेर्न पाइएको छ । ओलीले प्रतिनिधिसभा अविलम्व पुनस्र्थापना हुनुपर्ने भन्दै असंवैधानिक ढंगले अनधिकृत व्यक्तिको सिफारिसमा विघटन भएको बताए । अहिले पनि जेनजी भनेर १०–२० जना युवा जम्मा पारेर धम्क्याउने र अनेक क्षति पुर्याउने भन्दै भन्न लगाइएको ओलीले बताए । उनले भने, उनीहरूमा आवेश र उत्तेजनामात्र छ । गतिलो र सकारात्मक उद्देश्य र विचार छैन र गन्तव्य छैन । सरकार यस्तै काममा लागेको चुनावतिर लागेकै छैन । ड्रामातिर लागेको छ । अवकाशलगत्तै निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई स्थानहद तोकिएको विषयमा पनि ओलीले आपत्ति जनाए । पूर्व प्रधानमन्त्री ओलीले अहिलेको आइजिपीलाई तर्साउन निवर्तमान आइजिपी चन्द्रकुबेर खापुङको पासपोर्ट रोक्का र स्थानहदको प्रचार गरिएको आरोप लगाए ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल